लकडाउनमा घर फर्किएका रत्नेचौरका रावल दाजुभाइले भुवानेमा सुरु गरे पशु फार्म

Gandaki Pardesh notice

रत्नेचौर । कोरोना (भाइरस)को महामारी फैलिन नदिन सरकारले गत चैतमा बन्दाबन्दी घोषणा गरेलगत्तै पृथ्वी राजमार्ग अन्तरगत तनहुँको एक्लोफाँटमा रेष्टुरेष्ट ब्यवसाय गर्दै आएका बेनी नगरपालिका–१ रत्नेचौरका रमेश र दिनेश रावल आत्तिएर घर फर्किए ।

५ वर्षदेखि राजमार्गमा यात्रुलाई खाना तथा खाजा खुवाउने रेष्टुरेष्ट चलाएर राम्रै सफलता हात पारेका रावल दाजुभाई घर फर्किएपछि त्यतिकै बस्न सकेनन् । होटलका अरु मजदुरहरुलाई पनि घर बोलाएर बर्षौदेखि बाँझिएको भुवानेको बारीमा झाडी फाँडेर खेतिसँगै पशुपालन फार्मको पूर्बाधार बनाउन थाले ।

“लकडाउनमा घर आएको बेलामा पशु फार्म खोलेर गाइभैसी, बाख्रा र कुखुरा पाल्ने योजना बन्यो,” दिनेशले भन्नुभयो “रेष्टुरेष्टमा काम नपाएर बसेका मजदुरलाई पनि यतै बोलाएर पुर्बाधार तयार पारि चार महिनामै पशु फार्म सुरु ग¥यौ ।”

Shreekrishna hardwear in news

राजमार्गका दुई वटा रेष्टुरेष्टलाई एकै ठाउँमा गाभेर आफन्तलाई चलाउने जिम्मा दिएका रावल दाजुभाई अब भुवानेमा पशुपालनसँगै होटल ब्यवसाय समेत सुरु गर्ने तयारीमा छन् । रावल पशुपालन तथा कृषि फार्मभित्रै सञ्चालन हुन लागेको खाजाघरलाई गोठालो रेष्टुरेष्ट नामाकरण गरेका छन् ।

Bhautik ministry notice about road

“हाम्रो रेष्टुरेष्ट पुरै अर्गानिक र गाउँले जिवनशैलीको भएकाले गोठालो नामाकरण गरेका हौ,” रमेशले भन्नुभयो “छिट्टै होटलको पूर्वाधार निर्माण सुरु गर्छु ।” उनिहरुको फार्ममा अहिले ७ वटा भैसी र दुई वटा होलस्ट्यान जातका गाई छन् ।

दैनिक ६० लिटर दूध उत्पादन हुन्छ । साँझको दूध बेनी र बिहानको रत्नेचौर तथा बागलुङको कुडुलेमा लगेर बेच्ने गरेका छन् । होलसेल प्रतिलिटर रु. ८० र फुटकर रु.१०० प्रतिलिटरका दरले दूध बिक्री हुन्छ । रेष्टुरेष्टमा पनि दूध खपत हुन्छ । दूधका परिकार रेष्टुरेष्टको आकर्षण हो ।
सो फार्ममा २० वटा बाख्रा र स्थानीय जातका कुखुरा पनि पालिएको छ । गाउँका कृषकले पालेका खसीबोका र कुखुरा खरिद गरेर बजार पु¥याउने सञ्चालकहरुले बताएका छन् । रु. पचास लाख भन्दा बढी लगानी भएको फार्ममा ६ जनाले रोजगारी पाएका छन् । फार्मको क्षमता बढाएर पाडापाडी हुर्काउने तयारी गरेका छन् ।

भुवानेमा रावल दाजुभाइको पुख्यौली जग्गा उपभोग हुन नसकेर बाँझिएको थियो । अहिले घाँससँगै तरकारी खेती गरेर हराभरा बनाएका छन् । १० रोपनी जग्गामा हिउँदे र बर्खे घाँस खेती गरेका छन् । बेनी–बागलुङ सडक खण्ड अन्तरगत पर्ने भुवानेमा पछिल्लो समय कृषिको हब बनेको छ ।

यहाँ चार वटा तरकारी र दुई वटा गाइभैसी फार्म स्थापना भइसकेका छन् । दुई वटा होटल र दुई वटा कुखुरा फार्म खुल्ने तयारीमा छन् । सिचाईको सुबिधा भएपनि भुवानेमा खानेपानी र बिद्युतको समस्या छ । खानेपानीको ब्यवस्था र नयाँ ट्रान्सफर्मर राखेर बिद्युत आपुर्ति गराउन पहल गरिएको बेनी–१का वडा अध्यक्ष टेकबहादुर रावलले बताउनुभयो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...