नागी सामुदायिक वनलाई गणेशमानसिंह राष्ट्रिय पुरस्कार

Shreekrishna hardware

वनरक्षक सापकोटा पुरस्कृत, डिभिजन वन कार्यालय म्याग्दीलाई सम्मान

बेनी, । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ मा रहेको नागी सामुदायिक वन उपभोक्ता समूहले ‘गणेशमान सिंह सामुदायिक वन राष्ट्रिय पुरस्कार’ प्राप्त गरेको छ ।

वन तथा भू–संरक्षण विभागले शुक्रबार काठमाडौमा आयोजना गरेको समारोहमा गणेशमान सिंह सामुदायिक वन राष्ट्रिय पुरस्कारको दृतीय स्थानमा छनौट भएको नागी सामुदायिक वन उपभोक्ता समूह सहित डिभिजन वन कार्यालय म्याग्दीलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको हो ।

Shreekrishna

यसैगरी मन्त्रालयले प्रदान गर्ने आर्थिक वर्ष २०८०÷०८१ को गणेशबहादुर शाही संरक्षण राष्ट्रिय पुरस्कारको सान्तवना स्थानमा छनौट हुनुभएका बेनी सब डिभिजन कार्यालयका वन रक्षक राजेन्द्र सापकोटाले नगद रु. १० हजार पुरस्कार प्राप्त गर्नुभएको छ ।

वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही, राज्यमन्त्री रुपा विक, सचिव डा. गोविन्द प्रसाद शर्मा र वन तथा भू–संरक्षण भिागका महानिर्देशक शिवकुमार वाग्लेले नागी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष डिलबहादुर खोरजा, डिभिजन वन कार्यालय म्याग्दीका प्रमुख बिष्णुप्रसाद अधिकारी र वन रक्षक सापकोटालाई पुरस्कार वितरण गर्नुभएको थियो ।

म्याग्दी बहुमुखी क्याम्पसको सूचना

सामुदायिक वनको संरक्षण, सम्बद्र्धन, दिगो उपयोग, वातावरण सन्तुलन तथा जैविक विविधता संरक्षण एवं गरिबी न्यूनीकरणमा समेत पु¥याएको योगदान वापत नागी सामुदायिक वन उपभोक्ता समूहलाई नगद रु. ७५ हजार पुरस्कार प्रदान गरिएको हो । बाराको निजगढ सिमरा उपमहानगरपालिका–७ को जनज्योती सामुदायिक वन उपभोक्ता समूहले रु. १ लाख राशीको प्रथम पुरस्कार प्राप्त गरेको छ ।

वि.स. २०५३ मा समुदायमा हस्तान्तरण भएको ८१७.२२ हेक्टर क्षेत्रफलमा फैलिएको नागी सामुदायिक वन उपभोक्ता समूहमा १२० घरधुरी आवद्ध छन् । नागीमा नेपाली हाते कागज उद्योग सञ्चालन गरेको नागी सामुदायिक वन उपभोक्ता समूहले डढेलोबाट बचाएका डिभिजन वन कार्यालय म्याग्दीका वन अधिकृत चन्द्रमणी सापकोटाले बताउनुभयो ।

फर्निचर उद्योग र च्याउ खेती गरेको समूहले सञ्चालन गरेको कागज उद्योग पर्यटक भित्र्याउने माध्यम पनि बनेको छ । लुम्ले कृषि अनुसन्धान केन्द्रको सहयोगमा वि.स. २०३६ मा स्थापना भएको नागीको नर्सरीलाई हालसम्म निरन्तरता दिएका छन् ।

यसअघि म्याग्दीको गलेश्वर ठूलो सल्लेरी, घोर्लास सामुदायिक, थामडाडा र बराहपाखो सामुदायिक वन उपभोक्ता समूहले गणेशमान सिंह वन पुरस्कार प्राप्त गरेका थिए । देशभर रहेका सामुदायिक वनहरुबाट राम्रो काम गर्ने सामुदायिक वनहरुलाई प्रोत्साहन गर्ने उद्देश्यले वार्षिक रुपमा गणेशमान सिंह सामुदायिक वन राष्ट्रिय पुरस्कारको व्यवस्था गरिएको हो । मुलुकभरी २३ हजार सामुदायिक वन रहेका छन् । म्याग्दीमा ३०९ वटा वन उपभोक्ता समूह छन् ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...