किसानले फलाएको दश लाखको आलुको विउ जलजला गाउपालिकाले किन्यो

Gandaki Ghumau

बेनी, । पर्वतको जलजला गाउँपालिकाले किसानले फलाएको रु. दश लाख भन्दा बढी मूल्य बराबरको आलुको विउ खरिद गरेको छ ।

जलजला गाउँपालिका–६ शालिजाका तीन वटा कृषक समूहले उत्पादन गरेको ३५ हजार ४७० किलोग्राम विउ आलु खरिद गरेको हो । विउ आलु बिक्री गरेका कृषकहरुलाई रु. १० लाख ७५ हजार चार सय सत्तरी रुपैयाँ भुक्तानी गरेको गाउँपालिकाको कृषि शाखाका अधिकृत राजु गौतमले बताउनुभयो ।

प्रगतिशिल बिउ उत्पादक कृषक समूहले उत्पादन गरेको दुई हजार दुई सय ७० किलोग्राम मुल विउ प्रतिकेजी रु. ३५ का दरले रु. ७९ हजार चार सय ७० मा खरिद गरेको छ । नमुना र प्रगतिशिल विउ उत्पादक कृषक समूहले उत्पादन गरेको ३३ हजार दुई सय किलोग्राम पहिलो पुस्ताको विउ रु. नौ लाख छ हजारमा खरिद गरेको हो ।

Shreekrishna
Gunasthariya Shiksya

विउ उत्पादन गर्ने सबै कृषकहरुलाई समूहहरुलाई नगद उपलब्ध गराएको हो । कृषकबाट खरिद गरेको बिउ पोखरामा रहेको चिस्यान गृहमा भण्डारण गरेर राखिएको छ । विउ, मल र उत्पादन सामग्री उपलब्ध गराउने गाउँपालिकाले कृषकले उत्पादन गरेको आलुको मुल विउ पनि खरिद गरिदिएको हो ।

गाउँपालिकाले कृषकहरुबाट बर्खा याममा खरिद गर्ने विउ चिस्यानगृहमा भण्डारण गर्ने र हिउँदमा कृषकहरुलाईनै बिक्री गर्ने गरेको छ । आलुको विउ बिक्री गरेर जलजला गाउँपालिकाले गत आर्थिक वर्ष २०८०÷०८१ मा रु. २९ लाख ७१ ह्जार छ सय ४९ आम्दानी गरेको छ । गाउँपालिकाको आन्तरिक आम्दानीको २२ प्रतिशत आलुको बिउ बेचेर भएको हो ।

जलजला गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले आलुको गुणस्तरीय विउ उत्पादन, उत्पादन क्षमता कम भएको पुरानो विउ विस्थापित र विउ आलुमा आत्मनिर्भर बनाउन २ वर्षयता पिविएम (पुर्व विउ आलु) कार्यक्रम सञ्चालन गरिएको जानकारी दिनुभयो ।

“जलजलाको धेरै भूगोलमा आलु खेती भएपनि बर्षौदेखि एउटै विउको प्रयोग हुँदा उत्पादन, गुणस्तर र रोगकिराको समस्या देखियो,” उहाँले भन्नुभयो “गुणस्तरीय विउ उत्पादन गरेर आलु उत्पादन र गुणस्तर सुधार गर्ने उद्देश्यले राष्ट्रिय कृषि अनुसन्धान परिषद् (नार्क)ले सिफारिस गरेको रोग प्रतिरोधात्मक क्षमताको पुर्व मुल विउ भित्र्याएर मुल विउ उत्पादन गरि कृषकलाई बिक्री वितरणको ब्यवस्था मिलाएका छौ ।”

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...