मगर संघ म्याग्दीको ललिता जिताउ अभियान

मंगला गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सूचना

बेनी, । मिस नेपाल २०२४ को प्रतिस्पर्धामा सहभागि म्याग्दीकी ललिता शेरबुजालाई जिताउन गृहजिल्लाका विभिन्न संघ संस्थाहरुले अभियान चलाएका छन् ।

नेपाल मगर संघ जिल्ला समन्वय समिति म्याग्दीले विहिबार बेनी बजारमा घरदैलो गरेर मिस नेपालमा ललितालाई भोट दिएर विजेता बनाउन अभियान सञ्चालन गरेको छ । सामाजिक सञ्जालमा पनि शेरबुजालाई जिताउन सबैलाई आह्वान गरेको छ ।

मालिका गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सार्वजनिक सूचना

नेपाल मगर संघ म्याग्दीका अध्यक्ष लोकबहादुर पुन मगर (लोकेश)ले म्याग्दीली चेली ललिता शेरबुजा मगरलाई नेपाल ‘मिस नेपाल पिस २०२४’को विजेता बनाउन सबैलाई आग्रह गर्नुभयो । रघुगंगा गाउँपालिका–१, बेगखोला घर भई हाल अष्ट्रेलियालाई कर्मथलो बनाउँदै आउनुभएको छ ।

Shreekrishna

यसैगरी वडा अध्यक्ष बिलबहादुर फगामीले पनि ललितालाई भोट दिएर सहयोग गर्न सबैलाई आह्वान गर्नुभएको छ । शेरबुजाले म्याग्दी स्थित मगर समुदाय लगायत विभिन्न जातजातिका मौलिक पुख्र्यौली कला,भाषा र संस्कृतिको संरक्षण र पर्यटन क्षेत्रको प्रवद्र्धनका लागि आफुले काम गर्ने उद्घोष गर्नुभएको छ ।

केही समय अघि मात्र जिल्लाको अन्नपूर्ण गाउँपालिका–४, स्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविरमा जाने पर्यटकलाई लक्षित गरी पुरुष र महिलाले प्रयोग गर्ने दुई कोठे शौचालय निर्माण गर्नुभएको छ । ललितालाई जिताउन म्याग्दी प्रवासी नेपाली संघ (मोना) ले समेत अभियान संचालन गरिरहेको छ ।

अन्नपूर्ण गाउँपालिकाको बालअधिकार सम्बन्धी सूचना
प्रतिक्रिया दिनुहोस
Loading...