सानीमा रिलायन्सद्धारा मृत्यु दावी भुक्तानी

Gandaki Kotihome

बेनी, । सानीमा रिलायन्स लाईफ इन्स्योरेन्स कम्पनीले बुधबार म्याग्दीमा बिमितका परिवारलाई मृत्यु दावी रकम हस्तान्तरण गरेको हो ।

बेनी नगरपालिका १० का स्वर्गीय छबिलाल पुन (बिमित)का श्रीमति डालमाया पुनलाई मृत्यु दावी रकम हस्तान्तरण गरिएको हो । रु. ५ लाख बराबरको बिमा गर्नुभएका छवीलालले ५ पटकसम्म वार्षिक रु. ३५ हजार ४५ का दरले रु. १ लाख ७५ हजार २२५ प्रिमियम शूल्क तिर्नुभएको थियो ।

Notice about ban dadalo

रु. ५ लाखको बिमा गर्नुभएका छवीलालका परिवारलाई रु. १० लाख ८७ हजार ८३ उपलब्ध गराइएको सानीमा रिलायन्स लाइफ इन्सोरेन्स बेनीका शाखा प्रमुख मुक्ति पौडेलले बताउनुभयो । बिमित छवीलालको गत जेठ २५ गते निधन भएको थियो ।

Shreekrishna hardwear in news

बेनी नगरपालिका–६ का वडा अध्यक्ष कृष्णसिंह बानिया, सानीमा रिलायन्स लाईफ इन्स्योरेन्सका क्षेत्र प्रबन्धक बलराम कडेल, शाखा प्रबन्धक पौडेल, सिनियर एजेन्सी आस्था गुरुङ लगायतको उपस्थितिमा दावी रकम हस्तान्तरण गरिएको थियो ।

वडा अध्यक्ष बानिया र क्षेत्र प्रबन्धक कडेलले भौतिक रुपमा व्यक्ति फिर्ता ल्याउन नसकेपनि आर्थिक रुपमा राहत हुने भएकाले सकेसम्म सबैले बिमा गरेमा आश्रित परिवारका सदस्यहरुलाई सहज हुने बताउनुभयो ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...