अखिल क्रान्तिकारी म्याग्दीको जिल्ला सम्मेलन भदौ १३ गते हुने

Gandaki Ghumau

बेनी, । नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अनेरास्ववीयु क्रान्तिकारीको जिल्ला सम्मेलन आगामी भदौ १३ गते हुने भएको छ ।

संगठनको शुक्रबार बेनीमा बसेको बैठकले कमिटिको नयाँ नेतृत्व चयन गर्न भदौ १३ गते जिल्ला सम्मेलन गर्ने निर्णय गरेको विद्यार्थी नेता धनकुमार रोकाले जानकारी दिनुभयो ।

जिल्ला सम्मेलनको तयारीका लागि सदस्यता विस्तार र संगठन निर्माण लगायतका अभियान चलाउन जिम्मेवारी बाँडफाड गरिएको छ ।

Shreekrishna
Gunasthariya Shiksya

नेकपा माओवादी केन्द्र म्याग्दीका जिल्ला ईञ्चार्ज गोविन्द पौडेल, गण्डकी प्रदेश सहसचिव टेकबहादुर बिक, संयोजक शेरबहादुर केसी, सचिव कुशल पौडेल, अखिल क्रान्तिकारी गण्डकीका अध्यक्ष सुदिन पौडेल लगायतको उपस्थितिमा बैठक बसेको थियो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...