अन्नपूर्ण गाउँपालिकाको कार्यालय सात दिनका लागि बन्द

Gandaki Pardesh notice

बेनी । कर्मचारीमा कोरोना पुष्टि भएपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको कार्यालय बन्द भएको छ ।

गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले मंगलबार एक सूचना जारी गरेर मंसिर ३ देखि ९ गतेसम्म सेवा बन्द गरिएको जनाउनुभएको छ । २०७७ कात्तिक २८ गते गाउँपालिकामा कार्यरत एक कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

संक्रमित कर्मचारीको सम्पर्कमा रहेकाहरुको पहिचान र परिक्षणका लागि अत्यावश्यक बाहेकका सेवा प्रबाह बन्द गरिएको गाउँपालिकाका अध्यक्ष पुनले बताउनुभएको छ । कात्तिक २५ गते १५ जनाको स्वाब नमुना संकलन गरेर परिक्षणका लागि पठाइएको थियो ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

संक्रमण फैलिन नदिनका लागि सेवा बन्द गरेर कन्ट्याक्ट टे«सिङ गर्न लागिएको हो । अन्नपूर्ण गाउँपालिकामा पहिलो पटक समुदायका ब्यक्तिमा कोरोना पुष्ट भएको हो । यसअघि अन्नपूर्ण गाउँपालिकाले कात्तिक २४ देखि २८ गतेसम्म पालिकामा रहेका बैक, सहकारी र बित्तीय संस्थाको सेवा बन्द गराएको थियो ।

यसअघि कोरोनाको जोखिमका कारण बन्द भएका बेनी नगरपालिका, मंगला र मालिका गाउँपालिकाको सेवा भने सूचारु भएको छ । हालसम्म १२४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको म्याग्दीमा ३० जना सक्रीय संक्रमित छन् । सबै संक्रमितहरु होम आइसोलेशनमा छन् । पछिल्लो समय म्याग्दीमा पनि लक्षण सहितका कोरोना संक्रमित भेटिन थालेका छन् ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...