सिंगा तातोपानीमा हरेक सोमबार साँझ आरती

khali

बेनी, ः म्याग्दीको बेनी नगरपालिका–४ मा रहेको सिंगा तातोपानी कुण्डमा हरेक सोमबार साँझ सन्ध्याकालिन आरति गरिने भएको छ ।

सिंगा तातोपानी कुण्ड व्यवस्थापन समितिले साउन महिनाको सोमबारको अवसरमा सन्ध्याकालिन आरित गर्न थालेको हो । हरेक सोमबार साँझ नियमित रुपमा आरति गरिने समितिका सचिव अमर केसी (कुमार)ले बताउनुभयो ।

“बागलुङबाट जनशक्ति ल्याएर अहिले हरेक हप्ताको सोमबार साँझ आरति गर्न शुरुवात गरेका छौ,” उहाँले भन्नुभयो “प्राकृतिक उपचार र पर्यटकीय स्थल तातोपानीलाई धार्मिक रुपमा पनि प्रर्वद्धन गर्न स्थानीय जनशक्ति तयार पारेर आरतिलाई निरन्तरता दिन्छौ ।”

Shreekrishna hardwear in news
khali

म्याग्दी नदीको किनारमा शिव मन्दिर र तातोपानीको कुण्ड परिसरमा भजन किर्तन र धार्मिक बिधी अनुसार आरति गर्ने व्यवस्था मिलाइएको छ । तातोपानी कुण्डमा स्नान गरेर उपचार तथा मनोरञ्जनका लागि आउने पाहुनाहरुलाई लक्षित गरेर आरति शुरु गरिएको अध्यक्ष कृष्ण खड्काले बताउनुभयो ।

जमिन भित्रबाट बिरेनुनको गन्धमा ५० डिग्री सेल्सियस भन्दा बढी तातोपानी निस्कने यहाँ शरिर डुबाएर स्नानका लागि वार्षिक २० हजार भन्दा बढी पाहुनाहरु आउने गर्दछन् । समितिका अध्यक्ष कृष्ण खड्का र पुर्व अध्यक्ष बिरेन्द्रमान शाक्यले आरतिको शुभारम्भ गर्नुभएको थियो ।

सो कार्यक्रममा बेनी नगरपालिकाका प्रमुख सुरत केसी, प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकाल लगायत सुरक्षा अधिकारी, बेनी नगरपालिका–४ का वडा अध्यक्ष अणबहादुर खड्का (भगवान) लगायत जनप्रतिनिधीहरुको पनि उपस्थिति थियो ।

आरति शुभारम्भको अवसरमा स्थानीयबासी र भक्तजनहरुले भजनकिर्तन सहित नाचगान गरेका थिए । कार्यक्रममा सहभागी बेनपा ४ बास्कुना घर भई हाल न्युजिल्याण्ड निवासी एनआरएनए न्युजिल्याण्डका अध्यक्ष लाल केसीले कुण्डलाई रु. ५१ हजार सहयोग गर्नुभएको थियो । आरतिका लागि अन्य दाताहरुले पनि सहयोग गर्नुभएको थियो ।

Malika RM Public notice
प्रतिक्रिया दिनुहोस
Loading...