म्याग्दीका १ लाख १३ हजार पशुलाई खोप

khali

बेनी, म्याग्दीका कृषकले पालेका १ लाख तेह् हजार पशुलाई खोप लगाइएको छ ।

भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले खोपका माध्यमबाट पशुधनको सुरक्षा तथा उत्पादन वृद्धिका लागि जिल्लाका ६ वटै स्थानीय तहका कृषकले पालेका पशुलाई खोप लगाउने अभियान सञ्चालन गरेको थियो ।

आर्थिक वर्ष २०८०÷८१ मा पशुमा पूर्ण खोप कार्यक्रम मार्फत १ लाख १३ हजार ३११ गाई, भैसी, बाख्रा, भेडा र कुकुरलाई महामारीजन्य रोग विरुद्ध ६ प्रकारका खोप लगाइएको केन्द्रका पशु सेवा प्राविधिक गणेश रिजालले जानकारी दिनुभयो ।

Shreekrishna hardwear in news

१५ हजार १९८ वटा गाई र २३ हजार २७१ भैसीलाई खोरेत विरुद्धको एफएमडी र ८ हजार ६०० गाईगोरुलाई लम्की स्किन बिरुद्धको खोप लगाइएको छ । ५ हजार २५० गाई, भैसीलाई भ्यागुते र चरचरे विरुद्धको एचएसबीक्यु खोप लगाइएको छ ।

khali

यसैगरी ४४ हजार ३३८ बाख्रा र ११ हजार ३७९ भेडालाई पि.पि.आर विरुद्धको खोप लगाइएको पशु सेवा प्राविधिक रिजालले बताउनुभयो । यसैगरी ३ हजार ७४७ कुकुर र ७८ वटा बिरालोलाई रेविज विरुद्धको एआरभी खोप लगाइएको छ ।

कृषकका पशु फार्म तथा गोठमा पुगेर पशु चौपायाको तथ्याङ्क सकलन, खोपकर्ता नियुक्ती, जनप्रतिनिधि र अगुवाकृषकहरुलाई अभिमुखीकरण गरि खोप लगाउन ११८ जा प्राविधिकहरुलाई परिचालन गरिएको थियो ।

पशुजन्य रोगको महामारीको जोखिममा रहेका बेनी नगरपालिका र अन्नपूर्ण गाउँपालिकामा २ चरणमा खोप अभियान सञ्चालन भएको थियो । पूर्ण खोप अभियानका लागि एक वटा वडामा भूगोल र पशुसंख्याको आधारमा दुई देखि तीन जनाको दरले प्राविधिक र खोपकर्ता परिचालन गरिएको थियो । पशुलाई महामारीजन्य रोगबाट बचाउन खोप प्रभावकारी उपाय हो ।

पशुबाट मानिस र मानिसबाट पशुमा सर्ने जुनोटिक रोगलाई नियन्त्रण गरी जनस्वास्थ्यलाई पार्ने नकारात्मक प्रभावबाट बचाउन र पशुजन्य रोगको उपचार र नियन्त्रण गर्दा लाग्ने समय र खर्चको बचतका लागि पूर्णखोप कार्यक्रम प्रभावकारी बनेको केन्द्रका प्रमुख डा. भरत रेग्मीले बताउनुभयो ।

गण्डकी प्रदेश सरकारले संक्रामक रोग निर्मुल पार्ने योजना अनुसार प्रदेशलाई नै पूर्ण खोपयुक्त बनाउन ११ वटा जिल्लामा पछिल्लो ३ वर्षयता प्राथमिकताका साथ पशुमा पूर्ण खोप कार्यक्रम सञ्चालन गरेको छ ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...