तीस हजार पर्यटकले म्याग्दी घुमे

khali

बेनी, । एक वर्षको अवधिमा तीस हजार जना पर्यटकले म्याग्दी भ्रमण गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय म्याग्दीको तथ्याङ्क अनुसार गत आर्थिक वर्ष २०८०÷०८१ मा म्याग्दी भित्र्ने पर्यटकको संख्या २४ हजार १३० र बाहिरिनेको ५ हजार ७८९ जना रहेको छ । घोडेपानी र दरवाङमा रहेको इलाका प्रहरी कार्यालयले जिल्ला भित्रने र बाहिरिने पर्यटकको विस्तृत विवरण सहितको तथ्यांक राख्ने गर्छन् ।

आर्थिक वर्ष २०७९÷०८० मा २९ हजार ३२८ र २०७८÷०७९ मा ७ हजार ९२६ जना विदेशी पर्यटकले भ्रमण गरेका थिए । म्याग्दीमा आउने पर्यटकमध्ये ९० प्रतिशतभन्दा बढी पर्यटकको रोजाइमा अन्नपूर्ण गाउँपालिका–६ मा रहेको घोडेपानी, पुनहिल क्षेत्र पर्ने गरेको छ ।
धवलागिरी र अन्नपूर्ण हिमाल आरोहण, प्राकृतिक तातोपानी कुण्ड, खोपारा, अन्नपूर्ण धवलागिरी, धवलागिरी सेञ्चुरी, धवलागिरी चक्रीय, धवलागिरी आइसफल, टोड्के, रुप्से झरना, अन्धगल्छी, गलेश्वर, बेनीबजारलगायत धार्मिक, प्राकृतिक र ऐतिहासिक स्थलको भ्रमणका लागि म्याग्दीमा पर्यटक आउने गर्छन् ।

Shreekrishna hardwear in news
khali

छिमेकी पर्यटकीय जिल्ला मुस्ताङमा म्याग्दीको सडक भएर जाने गर्छन् । अमेरिका, फ्रान्स, इटली, जर्मनी, कोरिया, चीन, भारत, पोर्चुगल, अस्टे«लिया, नेदरल्याडका साथै भारतीय पर्यटक धेरै आउने पर्यटकीय स्थल घोडेपानीको होटल व्यवस्थापन उपसमितिका अध्यक्ष मिना पुनले बताउनुभयो ।

अघिल्लो वर्षको हाराहारीमा पर्यटक आएपनि अपेक्षाकृत नभएको उहाँले बताउनुभयो । सबैभन्दा बढी २०८० को चैत महिनामा ५ हजार ८४९ जना पर्यटक आएको तथ्याङ्क रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजन रायमाझीले बताउनुभयो ।

२०८० साउनमा ९४७, भदौमा ९७२, असोजमा ४ हजार २९८, कात्तिकमा ४ हजार ३५७, मंसिरमा ३ हजार १९९, पुषमा १ हजार ६२७, माघमा १ हजार ५७७, फागुनमा २ हजार ४४४, २०८१ वैशाखमा ४ हजार १७५, जेठमा ८६ र असारमा ३८८ जना पर्यटक आएका छन् ।

आर्थिक वर्ष २०७६÷७७ मा ५० हजार, आव २०७५÷७६ मा ७५ हजार १९१, २०७४÷७५ मा ७४ हजार ७३३, २०७३÷७४ मा ६९ हजार ८३७ जना विदेशी पर्यटकले म्याग्दी भ्रमण गरेका थिए । आव २०७२÷७३ मा म्याग्दी भ्रमण गर्ने पर्यटकको संख्या ४३ हजार ६ सय ३२ जना र २०७७÷७८ मा शून्य थियो ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...