गलेश्वर, ः म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वरमा रघुगंगा नदीको बाढीले जिल्ला सदरमुकाम बेनी बजारमा खानेपानी आपुर्ति गर्ने पाइप बगाएको छ ।
रघुगंगाको बाढीले गलेश्वरको मोटरेबल पुल नजिकै करिब ५० मिटर पाइपलाईन बगाएपछि रिठाखर्क र पुम्दीको मुहानबाट बेनीमा शुक्रबार बिहान देखि खानेपानी आपुर्ति बन्द भएको हो ।
बेनी खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष रमेश गिरीले वैकल्पिक पाईपलाईन बनाउन प्राबिधिक र मजदुरहरु परिचालन गरेको बताउनुभयो । शुक्रबारदेखिनै थालिएको वैकल्पिक पाइपलाइन जडानको कामले शनिबार पनि पूर्णता पाउन सकेन् ।
बाढीले सडक, पुल र बस्ती संरक्षणका लागि निर्माण भएको तटबन्ध समेत बगाएपछि गलेश्वरमा कटानको जोखिम बढेको स्थानीयबासी निर्मला भण्डारीले बताउनुभयो । बेनी नगरपालिकाको ७, ८ र २ नम्बर वडाका एक हजार एक सय घरधुरीलाई रिठाखर्क, पुम्दी र कोप्रेको मुहानबाट प्रति सेकेण्ड ३३ लिटरका दरले पानी आपुर्ति हुने क्षमता छ ।
दैनिक पाँच लाख ६० हजार लिटरका दरले खानेपानी बितरण गरिदै आएको छ । २७ किलोमिटर दुरीको रिठाखर्क र पुम्दीको मुहानबाट आपुर्ति हुने पानी पहिरो र निर्माणाधिन बेनी–जोमसोम सडकका कारण प्रभावित