अन्नपूर्णको हल्लेखर्कमा ५ घरलाई सुरक्षित ठाउँमा सारियो

Gandaki Ghumau

बेनी, । पहिरोको उच्च जोखिममा रहेको म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ हल्लेखर्क रोहोटेका ६ घर परिवारलाई सुरक्षित ठाउँमा सारिएको छ ।

म्याग्दी हाइड्रोपावरले निर्माण गरेको १४ मेगावाट क्षमताको घारखोला जलविद्युत आयोजनाको सुरुङको आउटलेट आसपासको क्षेत्रमा जमिन चिरा, चिरा परेर बग्न थालेपछि जोखिममा परेका घर परिवारलाई सुरक्षित ठाउँमा सारिएको वडा अध्यक्ष रामबहादुर खड्काले जानकारी दिनुभयो ।
उहाँका अनुसार रामजी बरुवालको परिवारलाई स्थानीय मन्दिरमा राखिएको र अन्य ४ परिवारलाई आफन्त तथा अन्यत्र रहेका उनिहरुकै घरगोठमा सारिएको छ । चक्रबहादुर बरुवाल, दुर्गाबहादुर बरुवाल, गणेश खड्का, रगुन खड्का, मनबहादुर बरुवाल र नेत्रबहादुर खड्काको परिवार विस्थापित भएका हुन् ।

Gunasthariya Shiksya

सामान्य जोखिममा रहेका २ घरलाई सतर्कता अपनाउन अनुरोध गरिएको वडा अध्यक्ष खड्काले बताउनुभयो । उहाँका अनुसार घारखोलाको आउटलेटको २ किलोमिटर वरपरको क्षेत्र धाजा फाटेर खेतीयोग्य जमिन र बस्ती जोखिममा परेको हो ।

Shreekrishna

जनप्रतिनिधी, सुरक्षाकर्मीहरुले घरका सामग्री सार्न सहयोग गर्नुका साथै अन्नपूर्ण गाउँपालिकाले प्रारम्भिक राहत सामग्री सहयोग गरेको छ । बिस्फोटक पदार्थको प्रयोग गरेर घारखोलाको सुरुङ खन्ने क्रममा भएको कम्पन्नको असर अहिले देखिन थालेको स्थानीयले बताएका छन् ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...