दग्नाममा जनता माविको भवन र इन्द्रमान थजालीको घर भत्कियो

khali

बेनी, निरन्तरको बर्षातका कारण म्याग्दीको रघुगंगा गाउँपालिका–४ दग्नाममा आज १÷१ वटा विद्यालय भवन र घर भत्किएको छ ।

जनता माविको भवनको २ वटा कोठा र स्थानीय इन्द्रमान थजालीको ढुंगा माटोले बनेको १ तले घर भत्किएको हो । जनता माविका शिक्षक गुन पुनले ढुंगा, माटोको पर्खाल भएको, ढुंगाको छानो भएको विद्यालय भवन भत्किदा थजालीको घरमा पनि क्षति पुगेको जानकारी दिनुभयो ।

“विद्यालयको ३ वटा कक्षा कोठा पूर्ण रुपमा र १ वटा आंशिक रुपमा क्षति भएको छ,” उहाँले भन्नुभयो “विद्यालय भवनको पर्खाल र छानो खसेर डिलमुनी रहेको इन्द्मानको घर पनि भत्किएको हो ।”

Shreekrishna hardwear in news
khali

घर भत्किदा इन्द्रमानको घरमा सुतेकी असु थजालीको खुट्टामा चोट लागेर घाइते हुनुभएको छ । घाइतेको जनप्रतिनिधि, स्थानीयबासी र युवा क्लवको टोलीले उद्दार गरेका थिए । उहाँको अवस्था खतरामुक्त रहेको शिक्षक पुनले बताउनुभयो ।

कक्षा १, २, ३ र ४ का विद्यार्थी बस्ने कोठा भत्किएको हो । पुरानो भवनमा निरन्तरको भरीका कारण पानी चुहिएर काठ मक्किएको र पर्खाल चर्किएर भत्किएको हो ।

कक्षा १० सम्म पठनपाठन हुने विद्यालयमा भवन भत्किएपछि ४ कोठा अभाव हुने भएको छ । विद्यालयमा १२७ जना विद्यार्थी छन् । हाल बर्खे बिदा भएकाले शिक्षक, विद्यार्थी नभएको समयमा भवन भत्किएको हो ।

रघुगंगा गाउँपालिका–४ दग्नामका वडा अध्यक्ष पविन गर्बुजाले अस्थायी टहरा बनाएर पठनपाठन सञ्चालनको ब्यवस्था मिलाउने र नयाँ भवन निर्माणका लागि पहल गर्ने बताउनुभयो । स्थानीयबासीहरुले भवनको सामाग्री पन्छाएका थिए ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...