पुनहिलको पवित्रता कायमै राख्न गाउँपालिकालाई ध्यानाकर्षण

khali

बेनी, म्याग्दीको अन्नपूूर्ण गाउँपालिका–६ मा रहेको पर्यटकीय स्थल पुनहिलको पवित्रता कायम राख्न स्थानीयबासीले गाउँपालिकालाई ध्यानाकर्षण गराएका छन् ।

घोडेपानी होटल व्यवस्थापन उपसमितिका अध्यक्ष मिना पुनले स्थानीयबासीको तर्फबाट अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनलाई ध्यानाकर्षणपत्र बुझाउनु भएको हो ।

पुनहिलमा स्थानीयबासीले परापुुर्वकालदेखि काटमार नगर्ने, मासु, मदिरा, अण्डा खान निषेध गरिएको छ । शान्ति र पवित्र क्षेत्र पुुनहिल भ्रमणमा जाने पर्यटकहरुले मासु लगायत निषेध गरिएका बस्तुुहरु लगेको पाइएपछि स्थानीय संस्कारलाई कायम गराउन गाउँपालिकाको ध्यानाकर्षण गराइएको अध्यक्ष पुनले बताउनुभयो ।

Shreekrishna hardwear in news
khali

पुनहिललाई स्थानीयबासीले देवी देवताको बासस्थानको रुपमा लिने गरेका छन् । पुनहिल नामाकरण हुनुअघि त्यो डाडालाई लुनतुङ डाडा भनेर चिनिने गरिएको थियो । पुनहिल नजिकैको सिद्ध थानमा पुजाआजा हुुन्छ । पुनहिललाई अहिंसा र शान्ति क्षेत्र कायम राख्न गाउँपालिका मार्फत पहल गरिएको हो ।

डडेलोको जोखिम भएकाले पुनहिल क्षेत्रमा आगो बाल्न, लैजान र रातमा क्यापिङ गर्न नपाउने स्थानीय नियम रहेको छ । पुनहिल क्षेत्रमा रातीमा बास बस्न नपाउने पनि नियम छ । पुनहिल र घोडेपानी क्षेत्रमा राष्ट्रिय फुल लालीगुराँसको जंगल रहेको छ । यहाँको लालीगुराँसको जंगललाई गण्डकी प्रदेशकै ठूलो दावी गरिएको छ ।

गुराँसको जंगल, वनन्यजन्तु र पंक्षीहरुको बासस्थान जोगाउन तथा प्राकृतिक सौन्दर्यता बिग्रन नदिन डडेलो लाग्न नदिन सतर्कता अपनाइएको हो । पुनहिलको प्रवेश शूल्क उठाउने र चिया पसल सञ्चालनका लागि ठेक्का लगाउने क्रममा पवित्रता र निषेधित क्षेत्रको विषयलाई शर्तको रुपमा राख्न स्थानीयबासीले ध्यानाकर्षण गराएका हुन् ।

समुुन्द्रि सतहदेखि ३ हजार २१० मिटरको उचाईमा रहेको पुनहिलमा सुर्योदय, हिमाल, पहाडी भुगोल र गुराँसको जंगल अवलोकन गर्न तथा प्रकृतिसँग रमाउन पर्यटक आउने गर्दछन् । पुुनहिल घुम्न जाने पर्यटकहरु नजिकैको बस्ती घोडेपानीमा बास बस्दछन् ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...