बेनी–जोमसोम र बेनी–दरवाङ सडक सञ्चालन

khali

बेनी, ः म्याग्दीको बेनी–जोमसोम र बेनी–दरवाङ सडक सोमबार साँझदेखि सञ्चालन भएका छन् ।

म्याग्दीको उत्तरी क्षेत्र हुदै हिमाली जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम र पश्चिमी क्षेत्रका ३ वटा स्थानीय तहलाई जिल्ला सदरमुकाम बेनी बजारसँग जोड्ने बेनी–दरवाङ सडक ४ दिनपछि सञ्चालन भएको हो ।

म्याग्दीको रघुगंगा गाउँपालिकाको बैसरी, सिरुबारी, अन्नपूर्ण गाउँपालिकाको महभिर, गुइठेभिरमा पहिरो खसेपछि ७४ किलोमिटर दुरीको बेनी–जोमसोम सडकमा शुक्रबार बिहानदेखि यातायात सेवा अवरुद्ध बनेको थियो । घरपझोङ गाउँपालिका–३ स्थित मार्फाखोलाको बाढीले सडकको मुस्ताङ खण्ड पनि अवरुद्ध भएको थियो ।

Shreekrishna hardwear in news

बेनी–जोमसोम–कोरला सडक आयोजनाका सूचना अधिकारी बिष्णु चापागाईले बर्षा रोकिएपछि पहिरो पन्छाएर सोमबार अपराहन्न देखि सडकमा यातायात सञ्चालन गरिएको जानकारी दिनुभयो ।

khali

“मार्फाखोलामा डाइभर्सन र अस्थायी पुल बनाएर मुस्ताङ खण्डमा यातायात सञ्चालनको ब्यवस्था मिलाएका छौ,” उहाँले भन्नुभयो “म्याग्दी खण्डमा खसेको पहिरो सडक विभागको डोजर, लोडर र प्राबिधिक टोली परिचालन गरेर पन्छाएपछि बेनी–जोमसोम सडकको अवरोध हटेको छ ।”

बैसरीको पहिरो पन्छाउन र सडक मर्मतका लागि नेपाली, सेना, शसस्त्र प्रहरी र जनपद प्रहरीको टोली पनि परिचालन भएका थिए । अवरुद्ध सडक खुलेपछि रोकिएका सवारी साधन र यात्रुहरु गन्तब्यतर्फ लागेका बेनी–जोमसोम–कोरला सडक आयोजनाका सव इञ्जिनियर सोहनजंग कार्कीले बताउनुभयो ।

स्तरोन्नतिको क्रममा रहेको बेनी–जोमसोम–कोरला सडकको पर्वतको मालढुङ्गा देखि मुस्ताङको लेतेसम्म १४ ठाउँमा रहेका पहिरा नियमित सिधा यातायात सञ्चालनका लागि मुख्य चुनौति बनेको आयोजनाले जनाएको छ ।

यसैबीच म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने मालढुङ्गा–बेनी र बेनी–बागलुङ सडक पनि मर्मत पछि यातायात सञ्चालन भएको छ । धवलागिरी, मालिका र मंगला गाउँपालिकालाई जिल्ला सदरमुकाम बेनी बजारसँग जोड्ने बेनी–दरवाङ सडक पनि सोमबार अपराहन्न देखि सञ्चालन भएको बेनी नगरपालिका–४ का वडा सदस्य प्रेम श्रीसले बताउनुभयो ।

पूर्वाधार विकास कार्यालयले फापरखेत, बाङ्गेपहिरो लगायतका ठाउँमा खसेको पहिरो पन्छाएर यातायात सञ्चालन गरिएको जनाएको छ । म्याग्दीका प्रमुख सडकहरु अवरुद्ध हुँदा जनजिवन कष्टकर बनेको थियो ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...