चिमखोलामा स्वास्थ्य चौकीको भवन निर्माण

khali

बेनी, भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित म्याग्दीको रघुगंगा गाउँपालिका–७ चिमखोलामा स्वास्थ्य चौकीको भवन निर्माण भएको छ ।

रघुगंगा गाउँपालिकाले रु. १ करोड ६७ लाखको लागतमा स्वास्थ्य चौकीको भवन निर्माण गरेको हो । आर्थिक वर्ष २०७८÷०७९ मा शुरु भएको भवन निर्माण योजना चालु आर्थिक वर्षमा सम्पन्न भएको गाउँपालिकाको प्राविधिक शाखाका प्रमुख कमल बहादुर चोखालले जानकारी दिनुभयो ।

सो भवन निर्माणका लागि भगवति मालिका कन्ट्रक्सनले रु. ९७ लाख ७१ हजार २५० मा २०८० वैशाख २६ गते सम्झौता गरेको थियो । आर्थिक वर्ष २०७८÷७९ मा रु. ६९ लाख ५६ हजार ८७६ मा सम्झौता गरेको वृद्ध निर्माण सेवाले जग्गा व्यवस्थापन र १ तले भवनको संरचना तयार पारेको थियो ।

Shreekrishna hardwear in news
khali

पछिल्लो पटक भएको ठेक्का सम्झौता मार्फत पहिलो घुई तलाको पलास्टर, पहिलो तलामा २ वटा कोठा, पर्खाल निर्माण, तारवार, रंगरोगन, विद्युत पानी जडानको काम भएको भगवति मालिका कन्ट्रक्सनका सञ्चालक बिजय भट्टचनले बताउनुभयो ।

भुई तलामा स्वास्थ्यकर्मी, उपचार, औषधी भण्डारण, सहायता, कार्यालय प्रमुखको कक्ष, सभाहल भएको भवनको पहिलो तलामा २ परिवारका लागि आवास कोठा छन् । भवन निर्माणका लागि स्थानीयबासीको रु. १० लाख र रघुगंगा गाउँपालिकाको रु. १० लाख बजेटमा ५ रोपनी जग्गा खरिद गरिएको थियो ।

नयाँ भवन हस्तान्तरण भएपछि सेवा सञ्चालनको तयारी गरेको रघुगंगा गाउँपालिका–७ का वडा अध्यक्ष थकबहादुर पाइजा (रिम)ले बताउनुभयो । हाल साँघुरो कोठा भएको कच्चि भवनबाट स्वास्थ्य चौकी सञ्चालन हुदै आएको छ । सुविधासम्पन्न भवन बनेपछि सेवा प्रवाह सहज हुने वडा अध्यक्ष पाइजाले बताउनुभयो ।

यसअघि गत वर्ष रघुगंगा गाँउपालिका– ४ दग्नाम र ५ झिँमा सहरी विकास तथा भवन आयोजना बागलुङले स्वास्थ्य चौकीको भवन निर्माण गरेको थियो । ८ वटा वडा रहेको रघुगंगाको वडा नम्बर १ बेग बाहेकका वडामा रहेका स्वास्थ्य चौकीको निर्माण भएको छ ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...