पहिराले बेनी–जोमसोम सडकमा यातायात प्रभावित

khali

बैसरी, । म्याग्दीको रघुुगंगा र अन्नपूूर्ण गाउँपालिकाका विभिन्न ठाउँमा बर्खासँगै पहिराहरु सक्रीय हुन थालेपछि मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडकमा यातायात सेवा प्रभावित बनेको छ ।

सडक माथिबाट निरन्तर पहिरो खस्न थालेपछि म्याग्दीको उत्तरी क्षेत्र हुदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम–कोरला सडकमा दैनिक जसो यातायातका साधन आवत जावत बन्द हुने गरेको छ ।

सडक अवरुद्ध हुदा म्याग्दीको रघुगंगा, अन्नपूर्ण गाउँपालिका, मुस्ताङका सर्वसाधारणका साथै तिर्थयात्री र पर्यटकहरु घण्टौ सम्म जाममा पर्ने गरेका अन्नपूूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले बताउनुभयो ।

Shreekrishna hardwear in news

“रघुुगंगा गाउँपालिकाको बैसरी, सिरुवारी र अन्नपूर्णको गुइठे भिरको पहिरो बर्खायामको शुरुवातसँगै सक्रीय भएका छन्,” बुधबार बेनी देखि गाउँपालिकाको केन्द्र पोखरेबगर जाने क्रममा ६ घण्टा बैसरीको जाममा फसेका उहाँले भन्नुभयो “अन्नपूर्णको नौलीबगर, खामभित्ता, तितर, रुप्से, काभ्रेभिर, घोप्टेभिर देखि मुुस्ताङको लेतेसम्म बर्खा यामको यात्रा जोखिम र सास्तीपूूर्ण बनेको छ ।”

मुस्ताङको थासाङ गाउँपालिका–४ लेतेका सोमबिर परियारले बैसरीमा पहिरो खसिरहने र सडक अवरुद्ध हुने समस्याले यात्रुलाई समयमा गन्तब्यमा पुग्न समस्या भएको बताउनुभयो । “पहिरो खस्न रोकिएको मेसो पारेर वारपार गर्नुपर्छ,” उहाँले भन्नुभयो “हिडिरहेको अवस्थामा कुन बेला पहिरो खसेर पुर्छ भन्ने जोखिम र त्रास छ ।”

khali

रघुगंगा गाउँपालिकाको २ र ३ नम्बर वडामा पर्ने बैसरीमा सडक माथिको करिब चार सय मिटर चौडाई र पाँच सय मिटर लम्बाईको पाखो पहिरोमा परिणत भएको छ । सडकमाथि पहाडको डिल छ । पहाडमाथिको पाखो सडकबाट देखिदैन् । पाखोबाट खस्ने ढुङ्गा र पहिरोले गुडिरहेका सवारी साधनलाई क्षति पुग्ने, यात्रुलाई चोटपटक लाग्ने गरेको सवारी चालक सुरेश सेञ्चुरीले बताउनुभयो ।

२ वर्षअघि बैसरीमा सिर्जना भएको पहिरो गत वर्षपछि सक्रीय बनेको हो । गत वर्ष बैसरीको पहिरोमा पुरिएर १ जना सवारी चालकको ज्यान गएको थियो । मंगलबार जोमसोमबाट बेनीतर्फ जादै गरेको बा ०२६ च ७०५३ नम्बरको इको भ्यान पुुरिएको थियो । यसअघि जेठ अन्तिम साता गुुइठेभिरमा गुुड्दै गरेको बोलेरो जिपमाथि पहिरो खसेर पुरिएको थियो ।

पहिरो प्रभावित क्षेत्रमा वैकल्पिक सडकबाट यातायात सञ्चालनको सम्भावना पनि छैन् । ७६ किलोमिटर दुरीको बेनी–जोमसोम सडकमा सिधा यातायात सञ्चालन नहुँदा आवत जावतका साथै आलु लगायत कृषि उपज निकासी प्रभावित भएको छ । बेनी–जोमसोम–कोरला सडक आयोजनाका प्रमुुख धुु्बकुुमार झाका अनुसार १४ वटा पहिरो छन् ।

“पहिरो र कटान रोकथामका लागि मागिएको बजेट प्राप्त नहुँदा काम गर्न समस्या भएको छ,” उहाँले भन्नुभयो “बर्खा याममा सडक मर्मत र यातायात सञ्चालनका लागि सडक विभागको उपकरण र प्राविधिकहरुलाई खटाएका छौ ।”

सडक निर्माण गर्दा पहिरो जाने सम्भावित क्षेत्रको अध्ययन नभएको र त्यही अनुरुप डिपिआर निर्माण नगरिएकाले नियन्त्रणका लागि विस्तृत अध्ययन गरेर योजना सञ्चालन गर्न भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयमा योजना र बजेट माग गरिएको थियो ।

बैसरी पहिरोको बुधबार स्थलगत निरिक्षण गर्नुभएका प्रमुुख जिल्ला अधिकारी लक्ष्मण ढकालले अल्पकालिन रुपमा पहिरो नियन्त्रण, यातायात सञ्चालनका लागि सडक विभागका उपकरण, प्राविधिक, मजदुरका साथै सुुरक्षा निकायलाई पनि परिचालन गरिएको बताउनुभयो ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...