अन्नपुर्णका दलितलाई कुखुराको चल्ला वितरण

khali

पोखरेबगर । म्याग्दीको अन्नपूूर्ण गाउँपालिकाले ३ वटा वडाका दलित घरधुरीलाई कुखुराको चल्ला वितरण गरेको छ ।

लक्षित बर्गको लागि बिनियोजन भएको बजेटबाट स्थानीय जातका कुखुराको चल्ला खरिद गरेर वितरण गरेको हो । अन्नपूूर्ण गाउँपालिका २ का वडा सदस्य बिष्णुकुमारी दमैले रु. ४ लाख बजेटबाट खरिद गरेको चल्ला ३०३ घरधुरीलाई १३ वटाका दरले वितरण गरेको बताउनुभयो ।

khali

वडा नं. ६का १५६, ३ का ९० र ५ का ५७ घरधुुरीलाई चल्ला वितरण गरेको उहाँले बताउनुभयो । दलित समुदायलाई ब्यवसायिक कुखुरापालनतर्फ आकर्षित गर्ने, आयआर्जन वृद्धि, रोजगारी सिर्जना, मासुका लागि कुखुरा आयात घटाउने र पोषण सुधारमा सघाउने उद्देश्यले चल्ला उपलब्ध गराएको वडा सदस्य दमैले बताउनुभयो ।

Shreekrishna hardwear in news

अन्य वडाका दलितहरुलाई अन्य आर्थिक वर्षमा मागको आधारमा सहयोग गरिने उहाँले बताउनुभयो । ८ वटा वडा रहेको अन्नपूर्ण गाउँपालिकामा ४९० दलित धरघुरीको बसोबास रहेको छ ।

Malika RM Public notice
प्रतिक्रिया दिनुहोस
Loading...