अन्नपूर्णमा उपकरणको प्रयोगबाट योजनाको गुणस्तर परिक्षण

khali

बेनी, म्याग्दीको अन्नपुर्ण गाउँपालिकाले आधुनिक उपकरणको प्रयोग गरेर विकास आयोजनाहरुको गुणस्तर परिक्षण गर्न थालेको छ ।

सडक, सिचाई, भवनमा गरिएको ढलानको गुणस्तर परिक्षण गर्न आधुनिक उपकरण प्रयोगमा ल्याएको हो । आयोजनाहरुलाई गुणस्तरीय, दिगो, निर्माण व्यवसायी र उपभोक्ता समितिलाई जवाफदेही बनाउन उपकरणको प्रयोगबाट गुणस्तर परिक्षण गर्न थालेको प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले बताउनुभयो ।

“प्राविधिक शाखाको माग अनुसारका गुणस्तर मापनका यन्त्रहरु व्यवस्थापन गरि प्रयोगमा ल्याएका छौ,” उहाँले भन्नुभयो, “स्मीथ रिवाउण्ड ह्याम्बर र कोर कटरको प्रयोग गरि ढलानमा गुणस्तर मापन गरेका छौ ।”

Shreekrishna hardwear in news
khali

आँखा र अनुमानको भरमा भैरहेको अनुगमनको कामलाई प्रभावकारी बनाउन उपकरण प्रयोगमा ल्याइएको प्रमुख प्रशासकीय अधिकृत सुवेदीले बताउनुभयो । मापन गरेर तोकिएको गुणस्तर अनुरुप काम भएमा उचित भुक्तानी दिने र यदि गुणस्तर भन्दा कम भएको भएमा त्यही अनुरुप रकम घटाएर भुक्तानी गर्ने उहाँको भनाइ छ ।

परिक्षणका क्रममा उपभोक्ता समिति, निर्माण व्यवसायीले तोकिएको गुणस्तर अनुसारको काम गरेको पाइएको गाउँपालिकाका ईञ्जिनियर इश्वर भण्डारीले बताउनुभयो । स्थलगत रुपमा उपकरणको सहायताले परिक्षण गरिने नमुनालाई प्रयोगशालामा पनि लगेर पुनपरिक्षण गर्ने गरिएको छ ।

अन्नपुर्ण गाउँपालिकाकी उपाध्यक्ष दिवा कुमारी तिलिजा पुन, प्रमुख प्रशासकिय अधिकृत अमृत सुवेदी, स्थानीय उपभोक्ताहरुको रोहबरमा सडकको गुणस्तर परिक्षण गरिएको थियो । शेर्पा निर्माण सेवा पोखराले १०९ मिटर सडक ढलान गर्न रु. १५ लाख ७३ हजार दुई सय ३८ मा ठेक्का सम्झौता गरेको थियो ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...