पाखापानीमा अभिमुखिकरण कार्यक्रम

Gandaki Ghumau

बेनी । म्याग्दीको रघुगंगा गाउँपालिका–६, पाखापानीका आदिवासी जनजाती आगुवाहरुलाई कानुनी व्यवस्था र नेतृत्व विकास सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।

वडा कार्यालयको आर्थिक सहयोग, नेपाल आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज), म्याग्दीको समन्वय र म्याग्दी मिडिया सोसाईटीको आयोजनामा मंगलबार सो कार्यक्रम सम्पन्न भएको हो ।

वडा कार्यालयको सभाहलमा आयोजित कार्यक्रमको उद्घाटन गर्नुहुँदै वडा अध्यक्ष मनकुमार शेरपुजा मगरले वडा कार्यालयको जनजाती लक्षित कार्यक्रम अन्तर्गत वडा भित्रका आदिवासी जनजाती समुदायका अगुवाहरुलाई कानुनी हकअधिकार सम्बन्धी जानकारी गराउन, उनिहरुको क्षमता अभिबृद्धि र वृतिविकासमा टेवा पु¥याउने उद्धेश्यले कार्यक्रम संचालन गरिएको बताउनुभयो ।

Shreekrishna
Gunasthariya Shiksya

नेपालको संविधान र ऐन–कानुनले आदिवासी जनजातिलाई समानता र सामाजिक न्यायको हकसहित विभिन्न हकअधिकार प्रदान गरिए पनि यसबारेमा जानकारी नहुँदा जनजाती समुदाय बञ्चित हुने गरेको बताउनुभयो ।

फोनिज म्याग्दीका कोषाध्यक्ष धनिलाल गर्बुुजाले कार्यक्रमले अगुवाहरुलाई सहयोग पुग्ने बताउनुहुँदै अन्य वडा र पालिकाले आदिवासी जनजाती लक्षित कार्यक्रमलाई थप प्रभावकारी रुपमा संचालन गर्नुपर्नेमा जोड दिनुभयो ।

तेजेन्द्र थापा मगरले प्रशिक्षण दिनुभएको कार्यक्रममा ३२ जना प्रशिक्षार्थीहरु सहभागी थिए । मिडिया सोसाईटीका सचिव अमित विश्वकर्माले स्वागत गर्नुभएको कार्यक्रम फोनिज म्याग्दीका अध्यक्ष साधन राम्जालीले संचालन गर्नुभएको थियो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...