३० हजार घाँसका बिरुवा उत्पादन, असार २० गतेदेखि वितरण गरिने

भू तथा जलाधार संरक्षण कार्यालय कुश्माको सूचना

बेनी, । भु तथा जलाधार संरक्षण कार्यालय पर्वतले म्याग्दीका कृषकलाई वितरण गर्न ३० हजार घाँसका बिरुवा उत्पादन गरेको छ ।

म्याग्दी बहुमुखी क्याम्पसको सूचना

बेनीमा रहेको नर्सरीमा कार्यालयको वार्षिक कार्यक्रम र बेनी नगरपालिकाको सहयोगमा १५÷१५ हजार बिरुवा उत्पादन भएको हो । कार्यालयको बेनी सेवा केन्द्रका पुर्व प्रमुख शम्भुकुमार मिश्रले यही असार २० गतेदेखि बिरुवा वितरण गरिने जानकारी दिनुभयो ।

“पशुपालक कृषकहरुलाई घास आपुर्तिका साथै कटान, पहिरो र भुक्षय रोकथामका लागि राईखन्यु र निमारो प्रजातीका बिरुवा उत्पादन गरेका छौ,” उहाँले भन्नुभयो “उत्पादित बिरुवा कृषकहरुलाई निशूल्क वितरण गर्छौ ।” २० हजार निमारो र १० हजार राईखन्यु प्रजातिका बिरुवा उत्पादन भएको छ ।

संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना म्याग्दीको सन्देश
प्रतिक्रिया दिनुहोस
Loading...