प्रदेश सरकारले बजेटमा म्याग्दीलाई उपेक्षा गरेको सांसद भण्डारीको टिप्पणी

khali

बेनी, । गण्डकी प्रदेशसभा सदस्य हरिबहादुर भण्डारीले प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८१÷०८२ को बजेटमा म्याग्दीलाई उपेक्षा गरेको टिप्पणी गर्नुभएको छ ।

प्रदेशसभाको बैठकमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र उर्जा, जलस्रोत तथा सिचाई मन्त्रालयको बजेटमाथि छलफल गर्नुहुदै म्याग्दी १(१) बाट निर्वाचित सांसद भण्डारीले बजेट असन्तुलित र विभेदपूर्ण भएको टिप्पणी गर्नुभएको हो ।

khali

“संसारको ८ हजार मिटर अग्ला धवलागिरी र अन्नपूर्ण हिमाल देखि विश्वकै गहिरो अन्धगल्छी रहेको म्याग्दीका पर्यटकीय स्थलमा पूर्वाधार निर्माणका लागि जम्मा रु. १ करोड बजेट परेको छ,” उहाँले भन्नुभयो “मुख्यमन्त्रीको गृहजिल्ला गोरखामा ५ करोड र कास्कीमा ४ करोड बजेट हालिएको छ ।”

Shreekrishna hardwear in news

प्रदेशसभा सदस्य भण्डारीले म्याग्दीमा बिनियोजन गरिएको पर्यटन सम्बन्धी रु. १ करोड बजेट पनि गोरखामै लैजान मुख्यमन्त्रीलाई ब्यङग्य गर्नुभयो । उर्जा, जलस्रोत तथा सिचाई मन्त्रालयको बजेट पनि न्युन र असन्तुलित भएको उहाँले टिप्पणी गर्नुभयो ।

धारा र टंकी जिर्ण हुन थालेपनि नागरिकले पानी उपभोग गर्न नपाएको अवस्थामा अधुरा र अलपत्र आयोजनालाई पूर्णता दिनुपर्नेमा नयाँ योजना थप्ने मात्र काम भएको भन्दै आपत्ती जनाउनुभयो ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...