आगोलागीबाट घर जलेर नष्ट

khali

ताकम, म्याग्दीको धवलागिरी गाउँपालिका–७ ताकमका आगोलागीबाट एक वटा घर जलेर नष्ट भएको छ ।

ताकमका बाबुराम खत्रीको ढुंगा, माटो, काठले बनेको जस्तापाटाले छाएको घर गएराती आगोलागी हुँदा जलेर नष्ट भएको हो । आगोलागीबाट घरमा भएको अन्नपात, कपडा, काठपात सबै जलेर नष्ट भएको धरधनी खत्रीले बताउनुभयो ।

khali

सोमबार राती १० बजे मान्छाकोठाबाट सल्किएको आगोलाई स्थानीयबासी, जनप्रतिनिधी, रेडक्रसकर्मी र प्रहरीको टोलीले निभाएका थिए । तत्कालै नियन्त्रणमा जुटेको र सावधानीले बाक्लो बस्तिका अन्य घरमा आगो सल्कन पाएन् ।

Shreekrishna hardwear in news

ताकम प्रहरी चौकीका प्रहरी सहायक निरिक्षक रमेश प्रसाद अधिकारीले आगोलागीबाट रु. ३ लाख भन्दा बढीको क्षति भएको प्रारम्भिक विवरण संकलन भएको बताउनुभयो । घर जलेपछि खत्रीका परिवार आफन्तकहाँ आश्रय लिएर बसेका छन् ।

धवलागिरी गाउँपालिका–७ का वडा अध्यक्ष अशोक खत्रीले आगोलागी पिडितलाई अस्थायी बसोबास र राहत तथा घर पुननिर्माणका लागि समन्वय र पहल गरिएको बताउनुभयो

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...