चन्द्रप्रकाश बानियालाई सुर्यनारायण पुरस्कार

मंगला गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सूचना

बेनी, मदन पुरस्कार बिजेता ‘महारानी’ उपन्यासका लेखक चन्द्रप्रकाश बानियालाई सोमबार सुर्यनारायण पुरस्कार प्रदान गरिएको छ ।

सुर्यनारायण पुरस्कार संस्थाले बेनीमा आयोजना गरेको कार्यक्रममा बानियालाई प्राध्यापक डा. कर्णबहादुर बानिया र संस्थाका अध्यक्ष सुवर्णकुमार श्रेष्ठले नगद रु. २५ हजार, कदरपत्र प्रदान गर्नुका साथै दोसल्लो ओढाएर सम्मान गर्नुभएको थियो ।

बेनीका स्वर्गीय सुर्यनारायण श्रेष्ठको स्मृतिमा उहाँका परिवारले स्थापना गरेको संस्थाले हरेक २÷२ वर्षमा नेपाली लोक संस्कृति, कला र साहित्यको श्रीबृद्धि गर्न योगदान गर्ने म्याग्देलीलाई सो पुरस्कार प्रदान गर्दै आएको छ । वि.स. २०८० को पुरस्कार बानियालाई प्रदान गरिएको हो ।
बानियाले लेख्नुभएको महारानी उपन्यासले वि.स. २०७८ मा मदन पुरस्कार प्राप्त गरेको थियो । वि.स. २०४८ मा म्याग्दी क्षेत्र २ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित हुनुभएका बानियाले साहित्यिक क्षेत्रमा पु¥याउनु भएको योगदान स्वरुप पुरस्कृत गरिएको सुर्यनारायण पुरस्कार संस्थाका सचिव अजयमिलन श्रेष्ठले बताउनुभयो ।

Shreekrishna
मालिका गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सार्वजनिक सूचना

बानियाले ‘ऐतिहाँसिक पर्वत राज्य–२०६५’, मृत्य संस्कार–२०७५, महारानी २०७६, मौज्याह निबन्ध संग्रह २०७७, माकुराको पुर्नजन्म २०७८, चौविसी राज्य पर्वत २०७९, पुला र पुलस्त्य पुस्तक लेख्नु भएको छ । ऐतिहाँसिक विषयसँग सम्बन्धित बानियाका पुस्तकमा म्याग्दीको सामाजिक, राजनीतिक, आर्थिक, भौतिक, सांस्कृतिक, सामरिक अवस्थालाई चित्रण गर्दछ । संस्थाले वि.स. २०४९ देखि हालसम्म १८ जनालाई पुरस्कार प्रदान गरेको छ ।

भैरवबहादुर श्रेष्ठ (२०४९), टिकाबहादुर श्रेष्ठ (२०५०), दिपबहादुर खड्का (२०५२), धनकुमारी थापा (२०५३), रत्नप्रसाद श्रेष्ठ (२०५४), ठाकुरप्रसाद पराजुली (२०५६), वीरबहादुर कार्की (२०५८), खड्ग गर्बुजा (२०६०), होमनाथ सुवेदी (२०६२), लक्ष्मीप्रसाद श्रेष्ठ (२०६४), अबिरकुमार श्रेष्ठ (२०६६), ध्रुबलाल शर्मा (२०६८), अंगद श्रेष्ठ (२०७०), खगेन्द्रमिलन श्रेष्ठ (२०७२), डाक्टर कर्ण बानिया (२०७४), तुलप्रसाद श्रेष्ठ (२०७६) र प्रकाशकुमार श्रेष्ठ (२०७८) मा पुरस्कृत हुनुभएको थियो ।

पुरस्कार वितरण समारोहमा अजयमिलन श्रेष्ठले लेख्नु भएको सत्र सुर्य पुस्तकको बिमोचन गरिएको थियो ।

अन्नपूर्ण गाउँपालिकाको बालअधिकार सम्बन्धी सूचना
प्रतिक्रिया दिनुहोस
Loading...