मंगलाको ४९ करोडको बजेट पारित

khali

बेनी, । म्याग्दीको मंगला गाउँपालिकाले आर्थिक वर्ष २०८१÷०८२ का लागि रु. ४९ करोडको बजेट ल्याएको छ ।

गाउँपालिकाको केन्द्र बाबियाचौरमा शुुक्रबार भएको १८ औँ गाउँसभामा उपाध्यक्ष प्रेम कुमारी क्षेत्रीले चालुतर्फ रु. २९ करोड ५४ लाख ३१ हजार ८०० र पुुँजिगततर्फ रु. १९ करोड ५५ लाख गरि कुल रु. ४९ करोड ९ लाख ३१ हजार ८ सयको बजेट प्रस्तुत गर्नुभएको हो ।

सामाजिक विकासतर्फ शिक्षामा सशर्त अनुदान सहित रु १७ करोड ७६ लाख ८५ हजार, स्वास्थ्यमा २ करोड ७८ लाख ९४ हजार, युवा तथा खेलकुदतर्फ ३३ लाख ५० हजार लगायत भाष तथा संस्कृति, लैगिंक समानता तथा सामाजिक समावेशिकरण, सामाजिक सुरक्षा तथा संरक्षण र खानेपानी तथा सरसफाई क्षेत्रमा गरि कुल २२ करोड २ लाख ६४ हजार रुपैयाँ बजेट विनियोजन भएको छ ।

Shreekrishna hardwear in news

त्यस्तै आर्थिक विकास अन्तर्गत कृषिमा ४२ लाख ७५ हजार, पशु विकासमा ३३ लाख ७२ हजार, उद्योग विकासमा २४ लाख र जलश्रोत तथा सिंचाईमा २३ लाख गरि कुल १ करोड २३ लाख ४७ हजार बजेट विनियोजन भएको छ ।

khali

पूर्वाधार विकासतर्फ १६ करोड ६० लाख, कार्यालय संचालन तथा प्रशासनिक खर्चतर्फ ५ करोड, ८० लाख १० हजार र शुसासनतर्फ ३ करोड २५ लाख १० हजार बजेट विनियोजन गरिएको गाउँपालिकाका उपाध्यक्ष क्षेत्रीले बताउनुभयो ।

गाउँपालिकाको आन्तरिक आम्दानी, नेपाल सरकारको राजस्व बाँडफाँड, रोयल्टि, संघिय सरकारको सशर्त अनुदान, विशेष अनुदान, समपुरक अनुदान, संघिय समानीकरण अनुदान, प्रदेश सरकारको राजस्व बाँडफाँड, प्रदेश विशेष अुनदान, प्रदेश समपुरक र समानीकरण अनुदान बजेटको आम्दानीको रुपमा रहेका छन ।

यसअघि गाउँपालिका अध्यक्ष सत प्रसाद रोकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । नीति तथा कार्यक्रम शिक्षा, स्वास्थ्य, यातायात, कृषि, खोनपानी, सुरक्षित आवास, दिगो तथा सुरक्षित पूर्वाधार निर्माण, रोजगारीको सृजना, पर्यटन प्रवर्धन, धार्मिक तथा साँस्कृतिक सम्पदाहरुको संरक्षण तथा नागरिकको आवश्यकता अनुरुपका विकास, समृद्धि र सुशासनलाई केन्द्रीत अध्यक्ष रोकाले बताउनुभयो ।

प्रमुख प्रशासकीय अधिकृत शिवकुमार पौडेलले बजेटको कार्यान्वयन प्रक्रियालाई व्यवस्थित बनाईने बताउनुभयो । सुशासन कायम गर्दै जनमैत्री सेवा प्रवाहमा पालिका प्रतिवद्ध रहेको उहाँको भनाई थियो । गाउँसभाले अध्यक्ष रोकाले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रम र उपाध्यक्ष क्षेत्रीले प्रस्तुत गर्नुभएको बजेट सर्वसम्मत रुपमा पारित गरेको छ ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...