धवलागिरीमा रु. ४३ करोड २७ लाख बजेट पारित

khali

बेनी । म्याग्दीको धवलागिरी गाउँपालिकाले आगामी आर्थिक बर्ष २०८१÷०८२ का लागि रु ४३ करोड बढीको बजेट पारित गरेको छ ।

गाउँपालिकाको केन्द्र मुनामा शुक्रबार सम्पन्न २२ औँ गाउँसभामा गाउँपालिका उपाध्यक्ष रेशम पुनले प्रस्तुत गर्नुभएको रु ४३ करोड२७ लाख ६८ हजार बराबरको बजेट छलफल पछि सर्वसम्मत रुपमा पािरत भएको हो ।

बजेटमा संघीय सरकारबाट प्राप्त हुने रु. ३८ करोड ५५ लाख, प्रदेश सरकारबाट प्राप्त हुने रु २ करोड ८२ लाख ६८ हजार, आन्तरिक आयतर्फबाट रु ४० लाख र चालु आर्थिक बर्षमा खर्च हुन बाँकी रहन आउने रु १ करोड ५० लाख नगद मौज्दातलाई स्रोत अनुमान गरिएको छ ।

Shreekrishna hardwear in news

आगामी आर्थिक बर्षका लागि गाउँपालिकाले सबैभन्दा ठूलो योजनाको रुपमा लुलाङ–गुर्जा सडकलाई रु. एक करोड बजेट विनियोजन गरेको छ । चालु आर्थिक बर्षमा समेत संघ, प्रदेश र स्थानीय सरकारको साझेदारीमा अघि बढाइएको सो आयोजनालाई क्रमागत रुपमा सम्पन्न गराउन गाउँपालिकाले गौरवको आयोजनाको रुपमा उक्त योजनालाई प्राथमिकता दिएर बजेट विनियोजन गरेको जनाएको छ ।

khali

गाउँसभाबाट पूर्वाधार विकासतर्फ रु ८ करोड ७२ लाख ७० हजार, आर्थिक विकास तर्फ रु ४७ लाख, ६० हजार, सामाजिक विकासतर्फ रु ३ करोड ३९ लाख ३४ हजार, वन वातावरण तथा विपद् व्यवस्थापन तर्फ रु ६९ लाख ३६ हजार, संस्थागत विकास सेवा प्रवाह र सुशासनतर्फ १० करोड ८९ लाख १८ हजार विनियोजन भएको छ ।

यस अघि गाउँपालिका अध्यक्ष प्रेमप्रसाद पुनले आगामी आर्थिक बर्षको लागि ‘शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, पूर्वाधार र रोजगारः समृद्ध धवलागिरी निर्माणको आधार’ भन्ने नाराका साथ प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रम छलफलपछि पारित भएको छ । गाउँपालिकाको नीति तथा कार्यक्रममा गाँजा खेतीलाई प्रोत्साहन गर्ने, कृषि र जडिबुटी खेती, पशुपालन, पर्यटन लगायतका बिषयलाई प्राथमिकता दिईएको छ ।

गाउँपालिकाले एक वडा एक पर्यटन परियोजना कार्यान्वयन गर्ने, गुर्जामा कस्तुरी पालनको सम्भाव्यता अध्ययन गर्ने समेत नीति तथा कार्यक्रममा समावेश गरिएको छ । सभामा उपाध्यक्ष रेशम पुनले अर्थ सम्बन्धी प्रस्ताबलाई कार्यान्वयन गर्न बनेको आर्थिक विद्येयक, झकबहादुर छन्त्यालले पेश गर्नुभएको विनियोजन विद्येयक र देउ प्रसाद छन्त्यालले प्रस्तुत गर्नुभएको बेरुजु सम्बन्धी प्रस्ताब छलफल गरि पारित गरिएको प्रमुख प्रशासकीय अधिकृत मोति प्रसाद अर्यालले जानकारी दिनुभयो ।

गाउँपालिकाले गाउँसभाको अवसरमा आफ्नो पालिकाको लोगो समेत सार्वजनिक गरेको छ । गाउँपालिकाले खुला प्रस्तावना आह्वान गरेर प्रतिस्पर्धा मार्फत गाउँपालिकाको पहिचान झल्कने लोको सार्वजनिक गरेको हो । कार्यक्रममा गाउँपालिका अध्यक्ष पुनले पालिकाको लोगो सार्वजनिक गर्नुभएको थियो । सो अवसरमा गाउँपालिकाको लोगो डिजाइन गर्ने धवलागिरी गाउँपालिका– ३ निवासी देविन्द्र पुनलाई नगद रु ३० हजार सहित सम्मान पत्रद्धारा सम्मान गरिएको थियो

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...