तोराखेतमा ‘आइपिएम’ कृषक पाठशाला सम्पन्न

Gandaki Ghumau

तोराखेत, ः म्याग्दीको मंगला गाउँपालिका–२ तोराखेतमा सञ्चालन भएको एकिकृत शत्रुजिव व्यवस्थापन (आइपिएम) कृषक पाठशाला मंगलबार समापन गरिएको छ ।

रासायनिक विषादी र मलको विकल्पमा प्राङगारिक विधीबाट खेती गर्ने ज्ञान सिप प्रदान गर्ने उद्देश्यले कृषि ज्ञान केन्द्रको सहयोगमा तोराखेत कृषक समूहले गोलभेडा खेतीमा १८ हप्तासम्म सञ्चालन गरेको पाठशालामा २५ जना कृषकहरु सहभागि थिए ।

समूहका अध्यक्ष छमप्रसाद पौडेलले स्थानीय स्तरमा उपलब्ध प्राङगारिक मल, गाइभैसीको मुत्र र जैविक बिषादीको प्रयोगबाट रोगकिरा पहिचान तथा व्यवस्थापन गर्न पाठशाला सञ्चालन गरिएको बताउनुभयो ।

Shreekrishna

“तितेपाती, असुरो, खरानी, गाइभैसीको मुत्रको प्रयोगबाट खेतीबालीमा लाग्ने रोग किरा नियन्त्रण गरी स्वच्छ फसल उत्पादन बढाउने सैद्धान्तिक र व्यवहारिक ज्ञान हासिल गरेका छौ,” उहाँले भन्नुभयो “रासायनिक मल र विषादीका लागि हुने लगानी तथा स्वास्थ्यमा पर्ने असर न्युनीकरणका लागि प्राङगारिक तरिकाले खेती गर्न थालेका छौ ।”

खेतीबालीमा शुत्र जिब मात्र हुदैन, मित्र जिब पनि हुन्छन् भन्ने ज्ञानको कमी छ । कुन जिब मित्र र शुत्र हो भन्ने पहिचान नगरी जथाभावी बिषादी प्रयोग गर्दा बेफाइदा गर्ने भएकाले शुत्र जिबलाई जैबिक बिषादीबाट नष्ट गर्ने ज्ञान, सिप पाठशालाबाट पाएको कृषकहरुले बताएका छन् ।

Gunasthariya Shiksya


हरेक मंगलबार बिहान ४ घण्टा कृषकलाई भेला गराएर सैद्धान्तिक बिषयमा अभिमुखीकरणका साथै प्रयोगात्मक अभ्यास गराइएको आइपिएम सहजकर्ता सोवित शर्माले बताउनुभयो । प्रयोगात्मक अभ्यासका लागि १ रोपनी जमिनमा चार वटा पल्ट बनाएर सामुहिक टमाटर खेती गरिएको थियो ।

“आइपिएम, परम्परागत र प्रर्दशनी बिधीबाट फरक फरक जातका गोलभेडाका बिरुवा रोपेका थियौ,” शर्माले भन्नुभयो “परम्परागत तुलनामा आइपिएम बिधीबाट खेती गर्दा धेरै उत्पादन लिन सकिने ब्यवहारिक रुपमै पुष्टि गरेर देखायौ ।”

चालु आर्थिक वर्षमा तोराखेत सहित म्याग्दीका ८ ठाउँमा गोलभेडा, आलु र काँक्रो खेतीमा आइपिएम कृषक पाठशाला सञ्चालन भएको छ । कृषि ज्ञान केन्द्रले २, बेनी नगरपालिकाले ५ र बाली संरक्षण प्रयोगशाला पोखराले १ वटा कृषक समूह मार्फत पाठशाला सञ्चालन गरेका हुन् ।

कृषि ज्ञान केन्द्रको सहयोगमा बेनी नगरपालिका–२ को बगरफाँटमा काँक्रो खेतीमा सञ्चालन भएको आईपिएम पाठशाला सम्पन्न हुने चरणमा रहेको कार्यालय प्रमुख सञ्जिव बास्तोलाले बताउनुभयो ।

रासायनिक विषादी र मलको प्रयोग घटाई प्राङगारिक मल र जैविक विषादीबाट स्वच्छ कृषि उपज उत्पादन गर्न आईपिएम कृषक पाठशाला प्रभावकारी बनेको उहाँले बताउनुभयो । एक वटा पाठशाला सञ्चालन गर्न रु. १ लाख पचास हजारका दरले बजेट बिनियोजन भएको छ ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...