पोखरेबगर, । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले उद्यमीहरुका लागि ढाका बुनाई तालिम सञ्चालन गरेको छ ।
जेठ १० गतेदेखि पोखरेबगरमा शुरु भएको तालिम असार १३ गतेसम्म सञ्चालन हुने गाउँपालिकाले जनाएको छ । ८ जना सहभागि तालिमको अगुवा उद्यमी लिलादेवी पुन प्रमुख प्रशिक्षकका रुपमा रहनु भएको छ ।
महिलाहरुलाई सिप सिकाएर फुर्सदको समय सदुपयोग र आयआर्जनमा अग्रसर बनाई आत्मनिर्भर बन्न प्रेरित गर्ने उद्देश्यले ढाका बुन्ने तालिम आयोजना गरेको अन्नपूर्ण गाउँपालिकाको महिला तथा बालबालिका शाखा हेर्ने वरिष्ठ प्रशासन सहायक सविना थापाले बताउनुभयो ।
सहभागीहरुलाई २५ प्रतिशत अनुदानमा ढाका बुन्ने तान उपलब्ध गराइने उहाँले बताउनुभयो । तालिममा सहभागिहरुले तालिम सकिएपछि घरमै अथवा सामुहिक रुपमा ढाका बुन्ने व्यवसाय सञ्चालन गर्ने योजना रहेको बताएका छन् ।