बेनी, । पर्वतको जलजला गाउँपालिका–४ का साहित्यकार केदारनाथ पौडेलले लेख्नु भएको खण्डकाब्य ‘छोरी’को शनिबार बिमोचन गरिएको छ ।
खण्डकाब्यको प्रकाशक मोहनबहादुर मल्ल साहित्य प्रतिष्ठानले मल्लाजमा आयोजना गरेको कार्यक्रममा प्राध्यापक डा. कुशमाकर न्यौपाने र प्राध्यापक डा. जगन्नाथ रेग्मीले खण्डकाब्यको बिमोचन गर्नुभएको हो ।
खण्डकाब्यले समाजमा रहेको लैङ्गिक विभेदको अवस्था र वास्तविकतालाई उजागर गरेको छ । सेवानिवृत राष्ट्रसेवक कर्मचारी पौडेलको छोरी खण्डकाब्यले छोरा र छोरीबीच भेदभाव तथा विभेद गर्न नहुने सन्देश दिएको छ ।
यो पौडेलको चौथो कृति हो । उहाँले यसअघि हप्पाल कबिता संग्रह (२०७७), मल्लाज कबिता संग्रह (२०७८), अधुरो जिवन खण्डकाब्य (२०७९) प्रकाशन भएका थिए । कृतिको समिक्षा म्याग्दी बहुमुखी क्याम्पसका पुर्व सहप्रध्यापक नारायदत्त सुवेदीले समिक्षा गर्नुभएको थियो ।
मोहनबहादुर मल्ल साहित्य प्रतिष्ठानका उपाध्यक्ष तुलसी रेग्मी पौडेलको अध्यक्षता, सचिव हरिप्रसाद पौडेलको सञ्चालन र कोषाध्यक्ष जिवन मल्लको स्वागत मन्तब्यमा कार्यक्रम सम्पन्न भएको थियो ।