मल्कवाङमा नौमती बाजा र पुरख्यौली नाच प्रशिक्षण

khali

बेनी,। म्याग्दीको धवलागिरी गाउँपालिका–५ मल्कवाङमा नौमति बाजा र पुरख्यौली नाच प्रशिक्षण शुरु भएको छ ।

मौलिक लोक बाजा, कला र संस्कृतिको संरक्षणका लागि पुस्ताहस्तान्तरण गर्ने उद्देश्यले धवलागिरी गाउँपालिकाको आर्थिक सहयोगमा वडा कार्यालयले तालिम आयोजना गरेको हो । तालिम ३ दिनसम्म सञ्चालन हुनेछ् ।

वडा अध्यक्ष अमर छन्त्यालको अध्यक्षता, कृषि प्राविधिक रिता पाइजाको सञ्चालन र वडा सचिव बेदनाथ सुवेदीले स्वागत गर्नुभएको कार्यक्रमको पुर्व वडा सदस्य तथा पुरख्यौली नाचका कलाकार गंगप्रसाद छन्त्यालले उद्घाटन गर्नुभयो ।

Shreekrishna hardwear in news
khali

११ जना सहभागी नौमति बाजा तालिमको दिपेन्द्र परियार र जिवन परियारले सहजिकरण गर्नुभएको छ । १६ जना सहभागी पुरख्यौली नाच तालिमको प्रशिक्षक दिलिप छन्त्याल रहनु भएको छ । कार्यक्रममा जनजागृति माविको विद्यालय व्यवस्थापन समिति अध्यक्ष दलमान छन्त्याल र वडा सदस्य भक्तबहादुर छन्त्यालले मन्तब्य व्यक्त गर्नुभएको थियो ।

संस्कारगत कार्य, सभा, समारोहमा नौमती बाजा बजाउने र पुरख्यौली नाच्ने कलाकार कम हुदै गएकाले संरक्षणको प्रयास गरिएको वडा अध्यक्ष छन्त्यालले बताउनुभयो । मल्कवाङ अल्पसंख्यक छन्त्याल समुदायको बाहुल्य बसोबास रहेको बस्ति हो । यहाँ मगर र दलित समुदायको पनि बसोबास छ ।

पुरख्यौली नाच्ने र सोरठी गाउने छन्त्याल मगरको मौलिक परम्परा हो । पछिल्लो समय वैदेशिक रोजगारीका कारण पलायन हुने र पुराना पुस्ताका कलाकार निधन भएपछि पुरख्यौली नाच सञ्चालन गर्न कलाकारको अभाव हुन थालेपछि नयाँ पुस्तालाई सिकाउन लागिएको हो ।

मौलिक कला संस्कृति संरक्षण गर्न गत वर्ष मल्कवाङका नौमति बाजा खरिद गरेर उपलब्ध गराइएको थियो । यसपाली पोशाक उपलब्ध गराएको वडा सचिव सुवेदीले बताउनुभयो ।

Malika RM Public notice
प्रतिक्रिया दिनुहोस
Loading...