म्याद नाघेका सामान बेच्न म्याग्दी आएका पोखराका ब्यापारी फन्दामा परे

Gandaki Ghumau

बेनी, पोखराका ब्यापारीले म्याग्दीमा बिक्री गर्न ल्याएको म्याद नाघेका सामान जफत र नष्ट गरिएको छ ।

बेनी नगरपालिकाले पोखराको बसौला सप्लायर्सले म्याग्दीमा बिक्री गर्न ल्याएको सामानको गाडी चेकजाँच गर्ने क्रममा भेटिएका म्याद नाघेका सामान जफत गरेर नष्ट गरेको हो । ४० प्रकारका रु. २ लाख ५० हजार मूल्य बराबरको सामान जफत गरि नष्ट गरिएको नगर प्रमुख सुरत केसीले बताउनुभयो ।

“लेज, कुरकुरे, मारा, चियापत्ती, घ्यू लगायतका सामान बिक्री गर्न आएको ट्रक चेकजाँच गर्ने क्रममा अधिकांश सामान म्याद नाघेका भेटिएको थियो,” उहाँले भन्नुभयो “कुश्माबाट पोखरा फिर्ता पठाएको सामान बेच्न म्याग्दी आएको ट्रकमा रहेका म्याद नाघेका सामान सुरक्षा निकाय, जनप्रतिनिधी, उद्योग वाणिज्य संघ र स्वम ब्यापारीको रोहबरमा नगर प्रहरीले नष्ट गरेका हुन् ।”

Shreekrishna
Gunasthariya Shiksya

पेप्सीको इन्डीया होल्डिङ्स उत्पादक र सिम्रिक डिस्ट्रिब्युटर्स नेपालको आधिकारिक बिक्रेता रहेको म्याद नाघेको लेज र कुरकुरे बिक्री भैरहेको उपभोक्ताले गुनासो गरेपछि नगरपालिकाले सामान बेच्ने ब्यापारी र गाडी खोजी गरेको थियो ।

बसौला सप्लायर्सका सञ्चालक बिष्णु बसौलाले प्रति २ प्याकेट खरिद गर्दा १ प्याकेट सित्तैमा पाएकाले बिक्री गर्न ल्याएर आएको स्विकार गर्नुभयो । उहाँले नियतले नभई उत्पादक र बितरकलेनै स्किम बनाएर सामान बेच्न पठाएको बताउनुभयो ।

ग्रामिण क्षेत्रमा म्याद नाघेका सामान पठाउने गरेको गुनासो बढेकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा वडा स्तरसम्मकै बजार अनुगमन गर्ने कार्यक्रम प्रस्ताव गरेको बताउनुभयो ।

अधिकृत बिक्रेता संघ धौलागिरीका अध्यक्ष राजन श्रेष्ठले बाहिरको ब्यापारीले आएर म्याद नाघेका र म्याद सकिन लागेका सामान सस्तोमा बेचेर जाने र त्यसको दोष जति स्थानीय डिलरले खेप्नुपरेको गुनासो गर्नुभयो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...