मालिकाको ओखरबोटमा विद्युतीकरण

khali

म्याग्दी, ः म्याग्दीको मालिका गाउँपालिका–४ ओखरबोट गाउँमा केन्द्रिय प्रशारण लाइनको विद्युत सुविधा विस्तार भएको छ ।

नेपाल विद्युत प्राधिकरणले भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित ओखरबोट गाउँमा विद्युतीकरण गरेको हो । प्राधिकरणको म्याग्दी वितरण केन्द्रका प्रमुख सत्यनारायण गामीले ओखरबोट गाउँका ६० घरमा केन्द्रिय प्रशारण लाइनको बिजुली बलेको जानकारी दिनुभयो ।

“घरघरमा मिटरबक्स जडान भएपछि ओखरबोटमा विद्युत वितरण थालिएको हो,” उहाँले भन्नुभयो “ओखरबोटको छिमेकी खनेतका ६० घरमा गत वैशाख महिनामा बिजुली बालिएको थियो । थप करिब ४०० घरधुरीमा पनि मिटरबक्स वितरणको तयारी गरेका छौ ।”

Shreekrishna hardwear in news

ओखरबोटका बासिन्दा नविन पुनले विद्युतीकरण भएपछि स्थानीयबासीमा खुसीयाली छाएको बताउनुभयो । विद्युत सुविधाले गाउँलेको दैनिक जिवनयापन सहज भएको बताउनुभयो । मालिका गाउँपालिकाको २, ३ र ४ नम्बर वडाका ४०० घरधुरीमा विद्युतीकरणका लागि जडान गरिएको ट्रान्सफर्मर र मुख्य लाइनको गत चैत अन्तिम हप्ता परिक्षण गरिएको थियो ।

विद्युतीकरणका लागि ठेक्का सम्झौता गरेको रविन्द्र÷ढुंगाना जेभीका प्रतिनिधी दिनेश ढुङ्गानाले चार वटा ट्रान्सफर्मर चार्ज र मुख्य लाइनको परिक्षण सफल भएको जानकारी दिनुभयो । “मालिकाको वडा नम्बर २ को रुम, बेली, जेम, घाङ्लेपानी, वडा नम्बर ३ को लुप्सीपार, पात्ले र ४ नम्बर वडाको ओखरबोटको मुख्य र शाखा लाइनको पोल गाड्ने, तार तान्ने र ट्रान्सफर्मर जडान गरी चार्च र परिक्षण सफल भएको छ,” उहाँले भन्नुभयो “विद्युत प्राधिकरणले मिटर बक्स वितरण, हाउस वायरीङ गरेपछि ४०० घरधुरीमा केन्द्रिय लाइनको बिजुली बल्छ ।”

khali

नेपाल विद्युत प्राधिकरणको पूर्ण विद्युतीकरण कार्यक्रम अन्तरगत पहिलो चरणमा मालिकाका ३ वटा वडामा बिजुली बाल्ने तयारी भएको हो । मालिकाको २, ३ र ४ नम्बर वडाको घ्याङलेपानी बाहेकका बस्तिका बासिन्दाले हाल उज्यालोका लागि लघुजलविद्युत परियोजनाको विद्युत प्रयोग गर्दै आएका छन् ।

विद्युतको कुनै स्रोत नभएको घ्याङलेपानीका बासिन्दाहरुले सोलार र टुकी प्रयोग गर्छन् । बर्षौको प्रयासपछि बिजुली बाल्ने तयारी भएको मालिका–३ का वडा अध्यक्ष मोतिप्रसाद बुढाले बताउनुभयो । रुममा ४ वर्षअघि तार तान्ने र पोल गाडिएको थियो ।

म्याग्दीका १४ स्थानका दुई हजार १८३ घरधुरीमा राष्ट्रिय प्रशारण लाइनको विद्युत सुविधा विस्तार गर्न गत वर्ष रु. २० करोड बजेट बिनियोजन भएको थियो । यो योजना मार्फत म्याग्दीको भौगोलिक र दुर्गम क्षेत्रमा पर्ने धवलागिरी गाउँपालिकाको गुर्जा बाहेक सबै बस्तिमा केन्द्रिय लाइनको विद्युत सुविधा पुग्ने प्रदेशसभा सदस्य रेशम बहादुर जुग्जालीले बताउनुभयो ।

४७.६ किलोमिटर मुख्य र १२६ किलोमिटर शाखा लाइन विस्तार र २० वटा ट्रान्सफर्मर जडान गर्न गत असोज तेस्रो हप्ता रविन्द्र÷ढुंगाना जेभीसँग रु. तीन करोड ५४ लाखमा ठेक्का सम्झौता भएको थियो ।

सामग्री, उपकरण खरिद, ढुवानी सहित सबै काम गर्न कुल रु. बीस करोड ५३ लाख ३६ हजार २७८ लागत अनुमान गरिएको छ । एक वर्षभित्र आयोजना सम्पन्न गर्ने लक्ष्य राखिएको छ । नेपाल विद्युत प्राधिकरणको म्याग्दी बितरण केन्द्र अन्तरगत २२ हजार विद्युतका ग्रहाक छन् । गत आर्थिक वर्ष २०७९÷०८० मा एक हजार २३८ उपभोक्ता थपिएका थिए ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...