हाडेभिर संरक्षणका लागि म्याग्दी नदी किनारमा पक्कि पर्खाल निर्माण

भू तथा जलाधार संरक्षण कार्यालय कुश्माको सूचना

बेनी, ः म्याग्दीको मंगला गाउँपालिका–५ हाँडेभिर बस्ती संरक्षणका लागि म्याग्दी नदी किनारमा पक्कि पर्खाल निर्माण भएको छ ।

म्याग्दी नदीको किनारमा रहेको हाँडेभिर बस्ती, अर्मन स्वास्थ्य चौकी, निर्माणाधिन ५ शैया क्षमताको अस्पताल भवन लगायत भौतिक संरचना र पुलचोक–पिपलबोट–पाखु–अर्मन सडक संरक्षणका लागि नदी नियन्त्रण आयोजना सञ्चालन भएको हो ।

संघीय सरकारको रु. १ करोड बिशेष अनुदानमा चालु आर्थिक वर्ष २०८०÷८१ मा सञ्चालित हाँडेभिर संरक्षण आयोजना मार्फत म्याग्दी नदी किनारमा पक्कि पर्खाल निर्माण गरिएको मंगला गाउँपालिका–५ का वडा अध्यक्ष भुपेन्द्र खत्रीले जानकारी दिनुभयो ।

Shreekrishna

“मंगलाको सबैभन्दा ठूलो वडा अर्मनका बस्तीलाई जोड्ने सडक पुनःनिर्माण र बस्ती संरक्षणका लागि पछिल्लो ५ वर्षयता क्रमागत आयोजनाको रुपमा म्याग्दी नदी नियन्त्रण आयोजना सञ्चालन गरेका छौ,” उहाँले भन्नुभयो “यसपाली निर्माण भएको सहित म्याग्दी नदी किनारमा ३०० मिटर भन्दा बढी पक्कि पर्खाल बनाएका छौ ।”

गत फागुन ९ गते रु. ९६ लाखमा ठेक्का सम्झौता गरेको म्याग्दी रारा कन्ट्रक्सनका सञ्चालक रिम कटुवालले हाडेभिर संरक्षण योजनाको ९५ प्रतिशत भौतिक प्रगति भएको बताउनुभयो । आगामी असार १५ गतेसम्म ठेक्काको म्याद भएपनि लक्ष्य अघिनै निर्माण सकेर गाउँपालिकालाई हस्तान्तरण गर्ने तयारी गरेको उहाँले बताउनुभयो ।

म्याग्दी बहुमुखी क्याम्पसको सूचना

मंगला गाउँपालिकाका प्राविधिक धनबहादुर बोहोराका अनुसार म्याग्दी नदी किनारमा ८४.५ मिटर लामो ३८७.६ घनमिटर पलम (पक्कि) पर्खाल निर्माण भएको छ । ३ मिटर अग्लो पलम पर्खाल माथि थप ३ मिटर ग्यावीयन पर्खाल बनाइएको छ । पक्कि पर्खाल, निर्माणाधिन अस्पताल माथिको पाखोमा थप १७५ घनमिटर ग्यावीयन पर्खाल लगाएर १३ ठाउँमा बाढी छेक्ने बाँध बनाइएको छ ।

अस्पताल मुनी म्याग्दी नदी किनारमा ७० मिटर दुरीमा ६५२ घनमिटर ग्यावीयन पर्खाल निर्माण भएको प्राविधिक बोहोराले बताउनुभयो । हाँडेभिरका बासिन्दा बिमल सापकोटाले बाढी र कटान रोकथामको योजनाले सुरक्षित महशुस गरेको बताउनुभयो ।

तल म्याग्दी नदीको कटान र बस्ती माथिको पाखोमा रहेको किमचौर जोड्ने सडकबाट आउने बाढीले हाँडेभिर बस्ती, खेतीयोग्य जमिन र भौतिक संरचनामा क्षति पुगेको छ । खानेपानी र सिचाई आयोजनाको नहर तथा पाइपलाईनमा पाखोबाट आउने बाढीले गर्ने क्षति न्युनीकरण गर्न यसपाली छेकबाँध बनाइएको हो ।

हाडेभिर संरक्षणका लागि प्रदेश सरकार अन्र्तगतको खानेपानी, जलस्रोत तथा सिचाई डिभिजन कार्यालय र भू–तथा जलाधार संरक्षण कार्यालयले पनि ग्यावीयन पर्खाल निर्माण गर्दै आएका छन् ।

संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना म्याग्दीको सन्देश
प्रतिक्रिया दिनुहोस
Loading...