ज्यामरुककोटका महिलालाई सिपसँगै प्रविधी हस्तान्तरण

भू तथा जलाधार संरक्षण कार्यालय कुश्माको सूचना

भकुण्डे, ः म्याग्दीको बेनी नगरपालिका–२ ज्यामरुककोटका महिलाहरुलाई आत्मनिर्भर बनाउन सिप सँगै प्रविधी हस्तान्तरण गरिएको छ ।

बेनी नगरपालिकाको “उपमेयरसँग आमा समूह कार्यक्रम” मार्फत सञ्चालित केराको थामबाट धागो, साबुन र सेनेटरी प्याड बनाउने तालिममा सहभागि भएकाहरुलाई व्यवसाय सञ्चालन गर्न उपकरण उपलब्ध गराइएको हो ।

बेनी नगरपालिकाका उपप्रमुख ज्योती लामिछाने र वडा अध्यक्ष यामबहादुर कार्कीले तालिम समापनका क्रममा आइतबार प्रस्तावित ३ वटा उद्योगको उद्घाटन र गर्नुभयो । १५ जना आवछ ज्यामरुककोट सिर्जनशिल महिला उद्योगलाई ३ थान स्वीङ मेसिन उपलब्ध गराएको ज्यामरुककोटको मुल आमा समूह सञ्जालका सल्लाहकार उषा घर्ति घिमिरेले बताउनुभयो ।

Shreekrishna

१० जना आवद्ध गणेश फाइवर तथा कम्पोष्ट मल उद्योगलाई केराको रेशा निकाल्ने एक्स्ट्रयाक्ट मेसिन १ थान, रेशा निकाल्ने प्रविधि १ थान र भर्भि कम्पोष्ट मल बनाउने प्रबिधि १ थान हस्तान्तरण गरिएको छ ।

खबरामा उद्यमी र कृषकलाई सोमबार देखि २ दिन केराको रेशाबाट धागो र मल बनाउने तालिम प्रदान गरिने भएको छ । केरा खेतीको पकेट क्षेत्र रहेको खबरामा खेर गइरहेको केराको थामलाई सदुपयोग गर्ने प्रयास गरिएको राधाकृष्ण कृषि सहकारी संस्थाका अध्यक्ष सोवित शर्माले बताउनुभयो ।

आठ जना उद्यमी आवद्ध प्रस्तावित जनश्रमीक महिला उद्योगलाई कपडा धुने सरफ उत्पादन गर्ने १ थान मिक्सचर, सरफ, साबुन, ट्वाइलेट क्लिनर, भाडा माग्ने झोल साबुन, हात धुने झोल साबुन र ग्यास क्लिनिर सामग्री १ थान प्रदान गरिएको मूल आमा समूह सञ्जालका अध्यक्ष पवित्रा कार्कीले बताउनुभयो ।

म्याग्दी बहुमुखी क्याम्पसको सूचना

जेठ १३ गतेदेखि सञ्चालन भएको तालिममा सहभागि महिलाहरुले सिकेको सिपलाई सदुपयोग गर्दै आयआर्जनमा अग्रसर भई आत्मनिर्भर बन्नका लागि सामुहिक उद्यम सञ्चालन गर्ने तयारी गरेको अध्यक्ष कार्कीले बताउनुभयो । तालिममा बेनी नगरपालिकाको वडा नम्बर २ मा रहेका १४ वटा आमा समूहका प्रतिनिधिहरु सहभागी भएका थिए ।

आमा समूहलाई परिचालन गरेर महिलाहरुलाई आर्थिक रुपमा सक्षम, आत्मनिर्भर, स्वाभलम्बि र सामाजिक रुपमा शसक्तिकरण गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरेको बेनी नगरपालिकाका उपप्रमुख लामिछानेले बताउनुभयो ।

“समुदाय स्तरमा महिला शसक्तिकरण र सामाजिक कामको अगुवाई गरिरहेका आमा समूहसँग समन्वय गरेर महिलालाई स्थानीय स्रोत, साधन र सम्भावना भएको उद्यम व्यवसायी गरि आयआर्जनका काममा संलग्न गराउन खोजिएको छ,” उहाँले भन्नुभयो “महिला आर्थिक रुपमा सक्षम भए भने हिंसा न्युनीकरण, रोजगारीको सिर्जना र आत्मनिर्भर भई समाजमा अगाडी आउन सक्ने हुनेछन् ।”


नगर उपप्रमुख लामिछानेको प्रस्तावमा कार्यपालिकाको पहिलो बैठकले यो कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको थियो । चालु आर्थिक वर्षमा रु. २० लाख बिनियोजन भएको कार्यक्रमका लागि नगरपालिकाले वडा नम्बर २ र १० लाई छनौट गरेको छ ।

वडा नम्बर १० पात्लेखेतमा २० जनाका लागि एक महिने बाजा बजाउने तालिम सञ्चालन गरिएको नगरपालिकाको महिला तथा बालबालिका शाखाका कर्मचारी प्रतिमा शर्माले बताउनुभयो । पात्लेखेतका महिलाहरुलाई कुटानी, पिसानी मिल पनि उपलब्ध गराउने कार्यक्रम रहेको छ ।

गत बर्ष बेनपा–३ को स्वर्गाश्रम, बेलढुङ्गा र मण्डली आमा समूहले स्थानीय जातका कुखुरापालन गरेका थिए । वडा नम्बर ९ को गलेश्वर आमा समूहमा आवद्ध २० जना महिलाहरुले चप्पल बनाउने सिप सिकेका थिए ।

नेप्टेचौरमा ढालमोड, नेमकिन र तोरीपानीमा आलुको चिप्स बनाउने तालिम सञ्चालन भएको थियो । तालिममा सहभागिलाई व्यवसाय गर्न कच्चा पदार्थ, सामग्री र औजार सहयोग गर्नुका साथै बजारीकरणमा सघाउने नगरपालिकाले जनाएको छ । प्रदेश सरकारको सहयोगमा बेनी बजार नजिकै हाडेभिरमा रहेको साझा सुविधा केन्द्रलाई पुन सञ्चालन गर्न लागिएको नगर उपप्रमुख लामिछानेले बताउनुभयो ।

संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना म्याग्दीको सन्देश
प्रतिक्रिया दिनुहोस
Loading...