बेनीमा गण्डकी प्रदेशस्तरीय तारा खेल प्रतियोगिता शुरु

Gandaki Ghumau

बेनी । म्याग्दीको बेनीमा शुक्रबारदेखि गण्डकी प्रदेशस्तरीय परम्परागत तारा खेल सुरु भएको छ ।

प्रदेश खेलकुद परिषद गण्डकीको आयोजनामा शुरु भएको प्रतियोगिताको गण्डकी प्रदेश सासद विमला गौचनले उद्घाटन गर्नुभयो ।

कार्यक्रममा सांसद गौचनले परम्परागत र मौलिक खेलहरुको जर्गेना गर्न यस प्रकारका प्रतियोगिताहरु महत्वपूर्ण हुने जनाउँदै संस्कृतीको संरक्षणका र प्रवर्द्धनका लागि समेत उत्तिकै आवश्यक रहेको जनाउनुभयो ।

Shreekrishna

गण्डकी प्रदेश सरकारले विभिन्न जातजातीका बीच लोकप्रिय खेलहरुको जर्गेना गर्न सुरु गरिएको अभियान प्रति खुसी व्यक्त गर्दै यसको विकास र विस्तारका लागि समेत आफूले सक्दो प्रयास गर्ने उल्लेख गर्नुभयो ।

Gunasthariya Shiksya

उहाँले म्याग्दी जिल्ला विभिन्न खेलकुदको हव समेत रहेको जनाउँदै लोपन्मुख खेलहरु समेतको आयोजनाले यहाँको खेलको विकासमा थप सहयोग पुग्ने बताउनुभयो । म्याग्दी जिल्लामा खेलकुदको लोकप्रियता निकै प्रशंसनिय रहेको जनाउँदै पररम्परागत खेलहरुको आयोजनाले धेरै खेलाडीहरुलाईयस तर्फ आकषर्ण गर्न सहयोग पुग्ने गौचनले बताउनुभयो ।

प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य एवं प्रतियोगिताका संयोजक योगेन्द्र शेरचनको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा प्रदेश खेलकुद परिषद गण्डकीका कार्यालय प्रमुख तोपलाल भुसाल, जिल्ला खेलकुद विकास समिति म्याग्दीका अध्यक्ष दिनेश केसीले मन्तब्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा प्रदेश खेलकुद परिषद गण्डकीका कार्यकारी सदस्य दिल बहादुर गुरुङ, परिषदका सदस्य गिरमान गुरुङ, लेखा प्रमुख निलकण्ठ ढकाललगायतको सहभागिता रहेको थियो । परिषदको वार्षिक कार्यक्रम अनुसार आयोजित उक्त प्रतियोगितामा ६ जिल्लाका ४२ खेलाडीहरुको सहभागिता रहेको छ ।

आयोजक म्याग्दीको दुई टोलीसहित मुस्ताङ, पर्वत, बाग्लुङ, कास्की र मनाङको सहभागिता रहेको छ । मनाङ, मुस्ताङ हुँदै तेस्रो सस्करण म्याग्दीमा सुरु भएको प्रतियोगिताले परम्परागत तारा खेलले यो खेलको विकासका लागि समेत उत्तिकै प्रभावकारी हुने संयोजक शेरचनले बताउनुभयो ।
“आधुनिक आर्चरी खेलले परम्परागत तारा खेल ओझेलमा छ,” उहाँले भन्नुभयो “हामी स्थानिय सामाग्री प्रयोग गरेर निर्माण गरिएका धनुषबाणको प्रयोग गरेर यो खेलको संरक्षण हुनुपर्छ भन्ने अर्को सन्देश दिन चाहन्छौं ।”

प्रतियोगिता सुरु हुनु भन्दा अघि मौलिक पञ्जेबाजासहितको ¥यालीले बेनी बजार परिक्रमा गरेको थियो । तारा खेलतर्फ प्रथम, द्वितिय र तृतिय हुने टिमले क्रमश नगद रु ७५ हजार, ५० हजार र ३० हजारका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यसै गरी सर्वश्रेष्ठ धर्नुधरले नगद रु ५ हजार र विशिष्ट धर्नुधरले नगद रु ३ हजारका साथमा मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

यसै बीच गण्डकी प्रदेशमा मौलिक खेलको रुपमा रहेको ठेलो खेल शनिबार बेनीमा हुने भएको छ । ठेलो खेलमा प्रथम, द्वितिय र तृतिय हुने खेलाडीले क्रमश नगद रु १५ हजार, १० हजार र ५ हजारका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । गत वर्ष मुस्ताङको लेतेमा सम्पन्न तारा खेलमा बागलुङ उपाधि जितेको थियो । बागलुङले म्याग्दीलाई झिनो २ अंकले फाइनलमा पराजित गरेको थियो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...