म्याग्दी युवा कप आजदेखि

Gandaki Ghumau

बेनी, । राष्ट्रिय यूवा संघ नेपाल म्याग्दीको आयोजनामा सोबारदेखि हुने गण्डकी प्रदेशस्तरीय पुरुष तथा खुल्ला महिला ‘प्रथम म्याग्दी यूवा कप’ भलिबलको तयारी पुरा भएको छ ।

नेकपा एमाले म्याग्दीको पार्टी कार्यालयमा आइतबार आयोजित पत्रकार सम्मेलनमा सोमबार विहान ११ बजेदेखि सुरु हुने प्रतियोगिताको तयारी पूरा भएको संघका अध्यक्ष विजय घर्तीमगरले जानकारी दिनुभयो । उहाँका अनुसार प्रतियोगिताको यूवा संघ नेपालका केन्द्रिय अध्यक्ष क्षितिज थेबेको प्रमुख आतिथ्यतामा सोमबार दिउँसो औपचारिक रुपमा उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

प्रतियोगितामा पुरुष तर्फ १३ र महिलातर्फ ६ टिमको सहभागिता रहेको छ । प्रथम हुने टिमलाई २ लाख रुपैयाँ, उपविजेतालाई एक लाख २० हजार रुपैयाँ, तृतिय ५० हजार, सान्त्वना २५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र रहेको छ ।

Shreekrishna
Gunasthariya Shiksya

त्यस्तै महिलातर्फ प्रथम हुनेलाई ८० हजार, द्धितिय ४० हजार, तृतिय २० हजार, सान्त्वना १० हजार, ट्रफी, मेडल र प्रमाणपत्र रहेको छ । प्रतियोगितामा दर्ता शुल्क पुरुषतर्फ ८ हजार, र महिलातर्फ ४ हजार कायम गरिएको छ ।

पत्रकार सम्मेलनमा नेकपा एमाले म्याग्दीका अध्यक्ष बालकृष्ण सुबेदीले युवा र खेलकुद अहिलेको समाजको प्रमुख पक्ष भएकाले खेलकुदले युवाको दैनिक जीवनमा धेरै सकारामत्क भूमिका खेल्ने बताउनुभयो ।

युवाहरूको शारीरिक र मानसिक विकासमा खेलकुदको सकारात्मक प्रभाव पार्ने भएकाले नियम अनुसार खेल खेल्न समेत अनुरोध गर्नुभयो । पत्रकार सम्मेलनको संघका सचिव सुसन किसानले सञ्चालन गर्नुभएको थियो भने नेकपा एमाले जिल्ला सचिव थमसरा पुनमगर, सचिवालय सदस्य नारायण जिसी, राष्ट्रिय यूवा संघ नेपालका पूर्व अध्यक्ष प्रविण शाही, नेकपा एमालेका कार्यालय सचिव हरिकृष्ण सुबेदी, रेफ्री संयोजक जिल्ला भलिबल संघ म्याग्दीका अध्यक्ष तेजेन्द्र बानियाँ, खेल संयोजक सौगात गुरुङल लगायतको उपस्थिती रहेको थियो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...