म्याग्दीमा कर्मचारी सहित १० र जलजलाका १२ जनामा कोरोना पुष्टि

Gandaki Pardesh notice

बेनी । म्याग्दीमा शनिबार स्थानीय तहमा कार्यरत कर्मचारी सहित थप १० जनामा कोरोना (भाइरस)को संक्रमण पुष्टि भएको छ । सदरमुकाम बेनी बजारको सिमानामा रहेको पर्वतको जलजला गाउँपालिकामा पनि थप १२ जनामा कोरोना पुष्टि भएको छ ।

कोरोना संक्रमितको कन्ट्याक्ट ट्रेसिङमा परेका र शंकास्पद बिरामीको नमुना संकलन गरि परिक्षणका क्रममा उनिहरुमा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय, म्याग्दीले जनाएको छ । कार्यालयका निमित्त प्रमुख एकनारायण लम्सालले कात्तिक २५ र २६ गते परिक्षणका लागि पठाइएको ७० वटा नमुनाको शनिबार नतिजा आएको जानकारी दिनुभयो ।

बेनी नगरपालिका–७ का वर्ष २६ र १८ का दुई पुरुष, वर्ष २६ र ५५ का २ जना महिला, बेनी–८ का वर्ष ७५, ६७ र २५ का ३ जना पुरुष, वर्ष ५८ र ३० का २ जना महिलामा कोरोना पुष्टि भएको छ ।

Shreekrishna hardwear in news

यसैगरी अन्नपूर्ण गाउँपालिकाको कार्यालयमा कार्यरत वर्ष २८ का सोही पालिकाको वडा न. ४ ठेगाना भएकी एक जना महिलामा पनि कोरोना पुष्टि भएको कार्यालयले जनाएको छ । अन्नपूर्ण गाउँपालिकामा पहिलो पटक समुदायका व्यक्तिमा कोरोना देखिएको हो ।

बेनी–८ ठेगाना भएका ७५ वर्षीय पुरुष पोखरामा रहेका छन् । स्वास्थ्य अवस्था सामान्य भएका अन्य संक्रमितहरु होम आइसोलेशनमा छन् । म्याग्दीबाट २ हजार ५० वटा नमुना संकलन गरी पिसिआर जाँच गर्न पठाईएकोमा २०२० वटाको नतिजा आएको छ ।

Bhautik ministry notice about road

हालसम्म म्याग्दीमा १२४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उपचारका लागि म्याग्दीबाट पोखरामा गएका दुई र काठमाडौमा पुगेका दुई जनाको कोरोनाका कारण मृत्यु भएको छ । ८० जनाले कोरोना जितेका छन् ।

जिल्ला बाहिर गई संक्रमण पुष्टि भएका ११ जनाको औपचारिक र ७ जनाको अनौपचारिक जानाकारी प्राप्त भएको छ । यसैगरी जलजला गाउँपालिकामा वडा नखुलेका १० जना पुरुष र ६ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

जलजलामा संक्रमित हुनेहरुमा क्रमश ः वर्ष ३४, ३६, ३५, ५०, ४७ र ३२ का महिला रहेका छन् । यसैगरी संक्रमित पुरुषहरुको उमेर क्रमश ः वर्ष २७, ३२, ३७, ३८, ६३, १६, २१, १७, ७४ र ४० रहेको छ ।

जलजला गाउँपालिकाका स्वास्थ्य संयोजक राजु बोहोराले १२ जना नयाँ र ४ जना पुरानाको कोरोना रिपोर्ट पोजेटिभ आएको बताउनुभयो । १२ जना मध्य २ जना म्याग्दीको बेनी नगरपालिका ९ गलेश्वर र १ जना बेनी नगरपालिका–७ का हुन् । अन्य ९ जना संक्रमित वारीबेनीका हुन् ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...