जेसिजको लोक नृत्य प्रतियोगितामा माउन्ट बिजयी

khali

बेनी,। म्याग्दी जेसिजको आयोजनामा शनिबार बेनीमा २० औ जिल्ला स्तरीय अन्तर मावि रनिङ कप लोक नृत्य प्रतियोगिता सम्पन्न भएको छ ।

म्याग्दी जेसिजको २६ औ स्थापना दिवसको अवसरमा आयोजना गरिएको प्रतियोगितामा बेनीको माउन्ट एभरेष्ट आवासीय मावि बिजयी भएको छ । बेनी सामुदायिक मावि दृतीय र प्रकाश मावि तृतीय भएका छन् ।

प्रथम, दृतीय र तृतीय हुने विद्यालयलाई क्रमश रु. पन्ध्र हजार, नौ हजार र छ हजार नगद पुरस्कार सहित प्रमाणपत्र प्रदान गरिएको म्याग्दी जेसिजका मिडिया म्यानेजर कपिल बानियाले जानकारी दिनुभयो ।

Shreekrishna hardwear in news
khali

प्रतियोगितामा १२ वटा विद्यालयले सहभागिता जनाएका थिए । मौलिक लोक संस्कृतिको संरक्षण गर्ने उद्देश्यले म्याग्दी जेसिजले साता ब्यापी स्थापना दिवस मनाउने क्रममा हरेक बर्ष लोक नृत्य प्रतियोगिता आयोजना गर्दै आएको छ ।

म्याग्दी जेसिजका शाखा अध्यक्ष दिनेश बानियाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जेसिज सप्ताहका संयोजक दिनेश विश्वकर्माको स्वागत र साधारण सदस्य डेकमाया केसीले आस्थापाठ गर्नुभएको थियो ।

बेनी नगरपालिकाका प्रमुख सुरत केसी, संस्थापक अध्यक्ष तथा बेनी नगरपालिका–७ का वडा अध्यक्ष रमेश कुमार श्रेष्ठ लगायतले पुरस्कार वितरण गर्नुभएको थियो ।

कार्यक्रम सञ्चालन कार्यकारिणी उपाध्यक्ष अमिर श्रेष्ठ र महासचिव सज्जन श्रेष्ठले गर्नुभएको थियो । रोहित भट्टचन स्मृति कोष मुख्य प्रायोजक रहेको प्रतियोगिता सञ्चालन गर्न सामाजिक विकास कार्यालय म्याग्दीले पनि सहयोग गरेको थियो ।

डिके पुनको संयोजकत्वमा गोकुल सुनार र विश्वास विश्वकर्मा सदस्य रहेको निर्णायक मण्डल रहेको थियो । म्याग्दी जेसिजले जेठ ९ गतेदेखि साताब्यापी कार्यक्रम गरेर जेसिज सप्ताह मनाईरहेको छ ।

Malika RM Public notice
प्रतिक्रिया दिनुहोस
Loading...