अनेमसंघ म्याग्दीको अध्यक्षमा पुनः यसोदा रोका

Gandaki Kotihome

बेनी, । नेकपा एमाले निकट अखिल नेपाल महिला संघ (अनेमसंघ) म्याग्दीको अध्यक्षमा पुन ः यसोदा रोका दोहोरिनु भएको छ ।

Notice about ban dadalo

बेनीमा शुक्रबार सम्पन्न संघको नवौ जिल्ला सम्मेलनले मंगला–२ बाबियाचौरकी रोकाको अध्यक्षतामा २५ सदस्यीय जिल्ला कमिटि सर्वसम्मत रुपमा चयन गरेको हो । कमिटिको उपाध्यक्षमा पशुपति शाही, हेमकुमारी पुन, सचिवमा देवकुमारी पुन, कोषाध्यक्षमा गौमति राम्जाली र सहसचिवमा जानकी अधिकारी चयन हुनुभएको छ ।

अधिवेशनको उद्घाटन गर्नुहुदै अनेमसंघका केन्द्रिय सचिव तथा एमालेका केन्द्रिय सदस्य नरदेवी पुनले विश्वका जुनसुकै आन्दोलन तथा विकासमा महिलाहरुकै भूमिका निकै महत्वपूर्ण रहेको स्मरण गर्नुभयो ।
नेपालमा भएका अहिले सम्मका आन्दोलनहरुको अगुवाइ गर्ने तथा तार्किक निश्कर्षमा पु¥याउन महिलाको साथ र समर्थन विना सम्भव नभएको उहाँको भनाई थियो । विश्वमा धेरै पटक महिला अधिकारका लागि आन्दोलन भएको भएतापनि आफ्नो अधिकार कार्यान्वयनमा नपुग्ने समूदाय नै महिला भएकोले अब सबैले आफ्नो अधिकार लिनका लागि आाफै प्रयास गर्नु पर्नेमा जोड दिनुभयो ।
नेकपा एमाले गण्डकी प्रदेश सदस्य हरिकृष्ण श्रेष्ठले महिला सहभागितालाई बढाउनका लागि पार्टी नीति नै उदार भएकोले महिलाहरुले पनि आफ्नो सहभागिता बढाउनका लागि प्रयास गर्नु पर्ने तर्क गर्नुभयो । म्याग्दीबाट थममायाँ थापा, नरदेवी पुन, थमसरा पुन लगायतका महिलाहरु नेतृत्व तहमा भूमिका खेलेको स्मरण गर्दै उहाँले भन्नुभयो–‘केन्द्रीय राजनीतिमा पनि पहुँच पुगेका म्याग्देली नारीहरुको सहभागितालाई अझै मजबुत बनाउनका लागि सबैले भूमिका खेल्नु पर्ने हुन्छ ।’
सम्मेलनमा नेकपा एमाले गण्डकी प्रदेश कमिटीका सदस्य खुमबहादुर बानियाँ, खरमायाँ बिटालु, नेकपा एमाले जिल्ला कमिटी म्याग्दीका अध्यक्ष बालकृष्ण सुवेदी, एमाले म्याग्दीका सचिव तथा अनेम संघ केन्द्रीय सदस्य थमसरा पुन, अनेम संघकी केन्द्रीय सदस्य दिवा कुमारी तिलिजा पुन, अनेम संघ गण्डकी प्रदेश कमिटी अध्यक्ष हिरा गिरी, जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापा, नेकपा एमाले बेनी नगरकमिटी अध्यक्ष बेलबहादुर कटुवाल, बेनी नगरपालिकाका प्रमुख सुरत केसी, जिफन्टकी बलादेवी राईलगायतले मन्तव्य राख्नुभएको थियो । अनेम संघ म्याग्दीकी अध्यक्ष यसुदा रोकाको अध्यक्षता, उपाध्यक्ष हेमकुमारी गर्बुजाको स्वागतमा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव विष्णु गुरुङले गर्नुभएको थियो ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...