बेनी नगरपालिकाले डिजिटल घर नम्बर प्रणाली शुरु गर्यो

Gandaki Ghumau

बेनी, म्याग्दीको बेनी नगरपालिकाले क्यूआर कोडसहितको डिजिटल (विद्युतीय) घर नम्बर प्रणाली शुरु गरेको छ ।

सबै नगरबासीको सूचना, विवरण संकलन र विद्युतीय प्रणालीमा अद्यावधिक गरी डिजिटल घर नम्बर प्रणाली लागू गरेको हो । नगर प्रमुख सुरत केसीले सेवा प्रवाहलाई सहज, शुसासन र विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउन डिजिटल घर नम्बर प्रणाली लागू गरिएको जानकारी दिनुभयो ।

“डिजिटल घर नम्बर प्रणालीमा रहने क्यूआर कोडमा सम्बन्धित घर कहाँ छ, उक्त घर कति तलाको छ, कुन रङको घर, घरमा कति कोठा रहेको छ, उक्त घर केबाट बनेको लगायतका ९० किसिमका जानकारी राखिएको छ,” उहाँले भन्नुभयो “सुरक्षाका हिसाबले गोप्य सूचनाहरुमा सम्बन्धीत घरधनी बाहेक अरुको पहुँच नहुने व्यवस्था मिलाएका छौ ।”

Shreekrishna
Gunasthariya Shiksya

नगर प्रमुख केसीले शुक्रबार साँझ बेनी नगरपालिका–८ न्युरोडका लिलाराम गौतम र देवी केसीलाई डिजिटल घर नम्बर हस्तान्तरण गरेर अभियान शुरुवात गर्नुभएको हो । पहिलो चरणमा बेनी नगरपालिकाको ७ र ८ नम्बर वडाका १ हजार ९०० घरमा डिजिटल घर नम्बर प्लेट राखिने नगर प्रमुख केसीले बताउनुभयो ।

उहाँका अनुसार बेनी नगरपालिकाको १० वटै वडाका सात हजार २०० घरमा पुगेर सूचना र विवरणलाई विद्युतीय प्रणालीमा अभिलेखीकरण गरिएको छ । ७ र ८ नम्बर बाहेकका वडाका घरमा राखिने डिजिटल नम्बल प्लेट छपाउने तयारी गरिएको नगरपालिकाले जनाएको छ ।

बेनी नगरपालिका–८ का वडा अध्यक्ष उत्तम कर्माचार्यले सेवा सुविधाको दुरुपयोग र दोहोरो सुविधा रोकिने, घरधनीले आफ्नो विवरण आफै अद्यावधिक गर्न सक्ने, सुत्केरी, गर्भवती तथा जटिल रोग, बिरामी, विपद्को अवस्थामा तत्काल सहयोग गर्न सकिने गरेर डिजिटल घर नम्बर प्रणालीको विकास गरिएको बताउनुभयो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...