जलजलाका उद्यमीलाई घुम्ती कोष

भू तथा जलाधार संरक्षण कार्यालय कुश्माको सूचना

बेनी, । पर्वतको जलजला गाउँपालिकाले उद्यमीहरुलाई रु. १÷१ लाखका दरले विउ पुँजी उपलब्ध गराएको छ ।

गाउँपालिकाले सञ्चालन गरेको रुपान्तरणीय सामाजिक परिचालनद्धारा वडा विकास कार्यक्रम अन्र्तगत ९ वटा वडाका १÷१ जना उद्यमीलाई घुम्ती कोष मार्फत अनुदान उपलब्ध गराएको हो ।

म्याग्दी बहुमुखी क्याम्पसको सूचना

गाउँपालिकाको कार्यालय लामाखेतमा शुक्रबार अध्यक्ष राजुप्रसाद आचार्यले छनौट भएका उद्यमीहरुलाई घुम्ती कोष वापतको रकम वितरण गर्नुभएको हो । वडा विकास कार्यक्रमले टोल विकास संस्थाका सदस्यहरुलाई आत्मनिर्भर बनाउन सदस्यहरुको आर्थिक स्तर वृद्धिका लागि घुम्ति कोष परिचालन गरिएको अध्यक्ष आचार्यले बताउनुभयो ।

Shreekrishna

वडा नम्बर १ का सन्तु दर्जीले बाख्रापालन, वडा नम्बर २ साम्मारेका दुर्गाबहादुर सुनारले आरन ब्यवसाय, वडा नम्बर ३ का पवित्रा कुमारी उपाध्याय पौडेलले स्टेशनरी, वडा नम्बर ४ का लक्ष्मी गिरिले बाख्रापालन र वडा नम्बर ५ का मिना सुवेदीले तरकारी खेती र पसल सञ्चालन गर्न घुम्ती कोषको रकम पाउनु भएको हो ।

वडा नम्बर ६ का उजेली सार्कीले भैसीपालन, वडा नम्बर ७ का पूर्णे दमाईले तरकारी खेती, वडा नम्बर ८ का नन्दराम पाध्याले पशुपालन र वडा नम्बर ९ का दुलबहादुर पुर्जाले फलफुल तथा तरकारी खेतीका लागि घुम्ती कोषबाट रकम प्राप्त गर्नुभएको गाउँपालिकाले जनाएको छ ।
सहुलियत ब्याजदरमा बिना धितो प्राप्त गरेको घुम्तिकोषको रकम अवधी पुगेपछि टोल विकास संस्थालाई फिर्ता गर्नुपर्नेछ । असल उद्यमी निर्माण तथा उद्यमशिलताको विकास गर्ने भौतिक पूर्वाधारका कामहरुमा गुणस्तर कायम गर्ने, कृषि तथा पशुजन्य उत्पादनमा आन्मनिभर बनाउने तथा युवाहरुको विदेश पलायनमा न्यूनीकरण गर्न रोजगारीका अवसर सिर्जना गर्ने एवम् पर्यटन व्यवसायलाई प्रभावकारी बनाउन र गरिबी न्यूनीकरण गर्ने उद्देश्यले घुम्तिकोष परिचालन गरिएको जलजला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत फडिन्द्रप्रसाद आचार्यले बताउनुभयो ।

संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना म्याग्दीको सन्देश
प्रतिक्रिया दिनुहोस
Loading...