बेनीका विद्यार्थीलाई पढाईसँगै सिप

Gandaki Ghumau

बेनी, ः म्याग्दीको बेनी नगरपालिकाले विद्यार्थीहरुलाई पढाईसँगै सिप सिकाउन “हामी सक्छौ, हामी गर्छौ” कार्यक्रम सञ्चालन गरेको छ ।

माध्यमिक तहमा अध्ययन गर्ने विद्यार्थीहरुलाई विद्यालयमै सिप सिकाउन थालिएको हो । नगर प्रमुख सुरत केसीले विद्यार्थी र शिक्षालाई सिप र श्रमसँग जोड्न कार्यक्रम सञ्चालन गरिएको जानकारी दिनुभयो ।

“माध्यमिक तहको शिक्षा हाँसिल गरेका विद्यार्थीले आफ्नो रुची अनुसारको व्यवसाय गरी आयआर्जन र आफ्नो घर, टोल छिमेकमा आवश्यक पर्ने काम गर्न सक्ने बनाउने लक्ष्य छ,” उहाँले भन्नुभयो “गत वर्ष वडाको एक वटा विद्यालयमा सञ्चालन गरिएको कार्यक्रम प्रभावकारी बनेपछि यस वर्ष सबै सामुदायिक माविमा लागू गरेका छौ ।”

Shreekrishna
Gunasthariya Shiksya

हाउस वायरिङ, पलम्बीङ, कपाल काट्ने, अतिथि सत्कार, खाना पकाउने, प्रेसर कुकर बनाउने लगायतका सिप मुलक तालिम सञ्चालन गर्न नगरपालिकाले १६ वटा विद्यालयलाई चालु आर्थिक वर्षमा रु. १÷१ लाखका दरले बजेट उपलब्ध गराएको छ ।

कक्षा ८ देखि १२ सम्म अध्ययन गर्ने विद्यार्थीहरुलाई लक्षित गरेर सिपमुलक तालिम सञ्चालन गरिएको बेनी नगरपालिकाको शिक्षा शाखाका उपसचिव हेमचन्द्र पौडेलले जानकारी दिनुभयो । बिहान बेलुकी विद्यार्थीको अनुकुल समयमा आलोपालो गरेर तालिममा सहभागि हुने व्यवस्था मिलाइएको छ ।

बेनी नगरपालिकाको १६ वटा सामुदायिक विद्यालयका दुई हजार जना भन्दा बढी विद्यार्थीहरु सिपमुलक तालिममा सहभागि हुने अपेक्षा गरिएको छ । विद्यालयमा प्रारम्भिक चरणको सिप सिकेका विद्यार्थीलाई अन्य तालिम मार्फत क्षमता विकास गरिने नगर उपप्रमुख ज्योती लामिछानेले बताउनुभयो ।

दक्ष, सिपयुक्त जनशक्ति उत्पादन गरेर रोजगारी सिर्जना, स्वरोजगार बन्ने वातावरण बनाउने कार्यक्रम सहयोगी बन्ने नगर उपप्रमुख लामिछानेले बताउनुभयो । म्याग्दीमा पलम्बीङ, वायरिङ, कपाल काट्ने काम गर्ने स्थानीय जनशक्तिको अभाव छ ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...