भकिम्लीमा ट्याक्टर दुर्घटना हुँदा ५ जना घाइते

भू तथा जलाधार संरक्षण कार्यालय कुश्माको सूचना

बेनी ः म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीमा बुधबार भएको ट्याक्टर दुर्घटनामा ५ जना घाइते भएका छन् ।

भकिम्लीको हाडेखानी डाडामा दाउरा ढुवानी गर्ने क्रममा ग १ त ६९४२ नम्बरको ट्याक्टर दुर्घटना हुँदा घाइते भएका १ जनालाई पोखरा रिफर गरिएको छ ।

म्याग्दी बहुमुखी क्याम्पसको सूचना

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक भरत श्रेष्ठका अनुसार बेनी नगरपालिका–६ का १४ वर्षीय विजय किसानलाई पोखरा रिफर गरिएको र अन्य ४ जनाको बेनी अस्पतालमा उपचार भइरहेको छ ।

Shreekrishna

घाइते हुनेहरुमा धवलागिरी गाँउपालिका–३ का ३६ वर्षीय लालबहादुर छन्त्याल, बेनी नगरपालिका–६ का ३४ वर्षीय कृष्ण किसान सेन्चुरी, बेनी नगरपालिका–३ का १६ वर्षीय रोहित पुन र १८ वर्षका पवन पुन रहेका छन् ।

उपचारमा संलग्न चिकित्सकले घाइतेहरु खतरामुक्त रहेका र स्वास्थ्यमा सुधार आएको बताएका प्रनाउ श्रेष्ठले जानकारी दिनुभयो । घाइतेहरुलाई स्थानीयबासीले उद्धार गरेर बेनी पठाएका थिए । दुर्घटनाको बारेमा प्रहरीले अनुसन्धान थालेको जनाएको छ ।

संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना म्याग्दीको सन्देश
प्रतिक्रिया दिनुहोस
Loading...