बेनीमा धनवन्तरी जयन्ति मनाइयो

Gandaki Pardesh notice

बेनी । विश्वकै पुरानो चिकित्सा बिधा आयुर्वेदका प्रर्वद्धक धनवन्तरीको सम्झनामा शुक्रबार बेनीमा राष्ट्रिय आरोग्य दिवस तथा धनवन्तरी जयन्ति मनाइएको छ ।

हरेक वर्ष काग तिहारका दिन यो दिवस मनाइदै आएको छ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र म्याग्दीको आयोजनामा दिवस तथा जयन्ति मनाइएको हो । धनवन्तरीले समुन्द्र मन्थन गरेर मानव स्वास्थ्यका लागि आवश्यक जडिवुटिको पहिचान गरेको भनाई छ ।

Bhautik ministry notice about road

कार्यक्रममा जिल्ला समन्वय समिति, म्याग्दीका प्रमुख देवेन्द्रबहादुर कटुवाल र बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठले आयुर्वेद स्वास्थ्यको महत्व र प्रभावकारिता बढ्दै गएको बताउनुभयो ।

Shreekrishna hardwear in news

उहाँहरुले जडिवुटिको पहिचान र त्यसको औषधीको रुपमा उपयोग गर्न जनस्तरमा चेतना तथा शिक्षाको विकास गर्नुपर्ने बताउनुभयो । आयुर्वेदिक औषधी प्रयोग गर्दा स्वास्थ्यलाई अन्य असर नगर्ने बिशेषताको बारेमा प्रचारप्रसार गर्नुपर्ने सहभागिको भनाई थियो ।

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र सञ्चालक समितिका अध्यक्ष जिबनबहादुर विश्वकर्माको अध्यक्षता र लेखापाल सुमन सुबेदीले सञ्चालन गर्नुभएको कार्यक्रममा केन्द्रका निमित्त प्रमुख वैद्य निरिक्षक प्रेम गौतमले आयुर्वेद चिकित्सा तथा औषधीको महत्वका बारेमा जानकारी गराउनुभएको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...