सर्वोदय माविमा कोरीयन भाषाको अतिरिक्त कक्षा सञ्चालन

Gandaki Ghumau

बेनी, । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ्ग तातोपानीमा रहेको सर्वोदय माविले कोरीयन भाषाको अतिरिक्त कक्षा सञ्चालन गरेको छ ।

कक्षा ८ देखि ११ सम्म अध्ययन गर्ने विद्यार्थीहरुलाई हप्ताको १ दिन ३० मिनेटका दरले कोरियन भाषा पढाउन थालेको हो । विद्यालयका प्रधानाध्यापक गोविन्द थापाले कोरियन भाषा र संस्कृति आदानप्रदान गर्ने उद्देश्यले अतिरिक्त भाषा कक्षा सञ्चालन गरिएको जानकारी दिनुभयो ।

“यस विद्यालयको शैक्षिक र भौतिक विकासमा सघाइरहेको दक्षिण कोरियाको अम हंग फाउण्डेशनसँगको सहकार्यमा भाषा कक्षा सञ्चालन गरिएको हो,” उहाँले भन्नुभयो “पहिलो चरणमा छनौट भएका २५ जना विद्यार्थी भाषा कक्षामा सहभागी भएका छन् ।”

Shreekrishna

इच्छुक विद्यार्थीलाई भाषा कक्षामा सहभागी गराइएको र सबैलाई अनिवार्य नगरिएको प्रअ थापाले बताउनुभयो । हरेक बिहिबार दिउँसो १ देखि १ः३० बजेसम्म सञ्चालन हुुने भाषा कक्षामा अम हंग फाउण्डेशनका प्रशिक्षकले विद्युतीय माध्यमबाट ‘टेलिटिचिङ’ गर्छन् । १ वर्षसम्म आधारभूत र त्यसपछि अर्को चरणको भाषा कक्षा सञ्चालन गरिने विद्यालयले जनाएको छ ।

Gunasthariya Shiksya

भाषा कक्षामा सहभागी भएका विद्यार्थीलाई भ्रमणका लागि दक्षिण कोरीया लैजाने फाउण्डेशनले जनाएको छ । पहिलो चरणमा यही मे २८ मा निमावी तहका अंग्रेजी विषय शिक्षक शिवराम पौडेल फाउण्डेशनको निमन्त्रणाका लागि दक्षिण कोरीयामा त्यहाँको शिक्षण बिधिको अध्ययनका लागि जादै हुनुहन्छ ।

कक्षा कोठा भवन, विज्ञान र कम्प्युटर प्रयोगशाला निर्माणमा सघाएको फाउण्डेशनको सहयोगमा सर्वोदय माविले विद्यार्थी विद्यालय आए नआएको विषयमा अभिभावकको मोवाइलमा सन्देश पुग्ने प्रबिधी प्रयोग गरेको छ ।

विद्यार्थी विद्यालयमा कुन समयमा हाजिर भयो, कति समय विद्यालयमा बस्यो र कतिबेला विद्यालयबाट निस्किीयो भन्ने सन्देश अभिभावकको मोवाइलमा जाने ‘एप्स्’ प्रयोगमा ल्याएको प्रअ थापाले बताउनुुभयो ।

कक्षा १२ सम्मको पठनपाठन हुुने सो विद्यालयमा हाल २२६ जना विद्यार्थी रहेका छन् । पठनपाठ्नमा पनि प्रबिधीको प्रयोग गरेको छ । फाउण्डेशनका शिक्षकहरुले कोरियाबाट अनलाइनमा पढाउने गरेका छन् । कक्षा कोठामा स्मार्ट टिभी राखिएको छ ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...