सिंगामा मादल बजाउने तालिम

khali

बेनी । म्याग्दीको बेनी नगरपालिका–४ सिंगामा पुख्र्यौली कला, संस्कृतिको संरक्षण गर्न मादल बजाउने तालिम दिन सुरु गरिएको छ ।

वडा कार्यालयको आयोजनामा आइतवारदेखि गीत संगीतको क्षेत्रमा अत्यावश्यक बाध्यबाधनको रुपमा चिनिने मादल बजाउने सिप सिकाई सम्बन्धी तालिम सञ्चालन गरिएको हो । एक सातासम्म सञ्चालन हुने तालिममा वडाभित्रका विभिन्न टोल, वस्तीमा रहेका महिला र आमा समूहका ४० जनाको सहभागीता रहेको छ । एक सातासम्म सञ्चालन हुने तालिममा मादल बजाउने सिपका साथै मादलका ताल लगायतको बारेमा कृष्ण जिसीले व्यवहारिक तालिम प्रदान गर्नुहुने भएको छ ।

पछिल्लो समय मादल बजाउने सिप हराएर जाने अवस्था आएको र युवापुस्तामा मौलिक संस्कृतिको बारेमा वेखवर हुने जोखिम बढेपछि महिलाहरुका लागि मादल बजाउने सिप प्रदान गर्न तालिम सञ्चालन गरिएको वडा अध्यक्ष अणबहादुर खड्का (भगवान) ले बताउनुभयो ।

Shreekrishna hardwear in news
khali

उहाँले गाउँघरमा हुने पुजा, विभिन्न पर्व, भजनकिर्तनमा बाद्यवादन गर्ने व्यक्तिको अभाव हुदै गएको अवस्थामा मादल बजाउने तालिमले पुराना संस्कृति र परम्पराको संरक्षणमा समेत सघाउ पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा वडा सचिब बिनिता रेग्मीले गाउँघरमा हुने भजन किर्तनमा मादल बजाउनेको अभाब हुने र सिप भएको मान्छेको खोजी गर्नुपर्ने बाध्यताको अन्त्य गर्न तालिमले सहयोग पूग्ने विचार व्यक्त गर्नुभयो ।

कार्यक्रममा जनचेतना युवा क्लबका पूर्व अध्यक्ष देवेन्द्र चोखाल र प्रशिक्षक जिसीले नयाँ पुस्तामा पुख्र्यौली संस्कृति र सिप हस्तान्तरण गर्न तालिम सहयोगी बन्नेमा जोड दिनुभएको थियो भने सामाजिक परिचालक सिता थापा कुँवरको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । म्याग्दीमा पछिल्लो समय पुख्र्यौली कला, संस्कृतिको संरक्षण र संवद्र्धन संगै पुस्तान्तरणको लागि स्थानीय तहहरु सक्रिय भएका छन् ।

Malika RM Public notice
प्रतिक्रिया दिनुहोस
Loading...