पूर्वाधार विकास कार्यालय पर्वतको भवन निर्माण

khali

गण्डकी, । कुश्मामा पूूर्वाधार विकास कार्यालय पर्वतको नयाँ भवन निर्माण भएको छ ।
गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय अन्र्तगतको कार्यालयको २१ कोठे ४ तले भवन निर्माण भएको हो । कार्यालय प्रमुख गुरुदत्त अधिकारीले रु. ३ करोड भन्दा बढीको लगानीमा निर्माण भएको भवन भूकम्प प्रतिरोधी क्षमताको भवन अपाङ्गमैत्री रहेको बताउनुभयो ।

khali

वि.स. २०७८ वैशाख २५ गते भवन निर्माणका लागि अमित बिल्डर्स र कार्यालय बिच रु. ३ करोड ४० लाखमा ठेक्का सम्झौता भएको थियो । हालसम्म रु. ३ करोड ६ लाख भुक्तानी भएको अधिकारीले बताउनुभयो । भवनमा कार्यालय प्रमुख, ईञ्जिनियर, प्राविधिक, प्रशासनिक, लेखा लगायत जनशक्तिको लागि फरक फरक कार्यकक्षका कोठाहरु छन् ।

हाल खानेपानी, जलस्रोत तथा सिचाई कार्यालयको भवनमा रहेको कार्यालय आगामी नयाँ आर्थिक वर्षदेखि नयाँ भवनबाट सञ्चालन गर्ने तयारी गरेको कार्यालय प्रमुख अधिकारीले बताउनुभयो । साघुरो कोठा भएका, छरिएका र पुराना भवनमा रहेको कार्यालय एउटै भवनबाट सञ्चालन गर्दा सहज हुने उहाँले बताउनुभयो । स्थापना भएको ६ वर्षपछि कार्यालयको आफ्नै भवन तयार भएको हो ।

Malika RM Public notice
प्रतिक्रिया दिनुहोस
Loading...