बेनी अस्पतालमा थाइराइड परिक्षण सेवा सुरु

Gandaki Pardesh notice

बेनी । म्याग्दीको सदरमुकाम स्थित बेनी अस्पतालले बिहीबारदेखि थाइराइड परिक्षण सम्बन्धी सेवा सुरु गरेको छ ।

गण्डकी प्रदेशको सामाजिक बिकास मन्त्रालयको सहयोगमा उपकरण र जनशक्ति ब्यवस्थापन गरेर थाइराइड परिक्षण सेवा सुरु गरेको हो । यसअघि म्याग्दीका सर्बसाधारण थाइराइड परिक्षणका लागि जिल्ला बाहिर जानुपर्ने बाध्यता थियो ।

बेनीमै थाइराइड परिक्षणको सुबिधा भएपछि पोखरा लगायत सहरमा जानुपर्ने बिरामीको बाध्यता हट्ने बेनी अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवालले बताउनुभयो । अस्पतालमा थाइराइड परिक्षणका लागि छुट्टै कक्ष स्थापना भएको छ ।

Shreekrishna hardwear in news

अस्पतालमा अत्याधुनिक उपकरणहरु, जनशक्ति, पुर्बाधार र सुबिधा थपिदै गएका छन् । बेनी अस्पतालले यसै कात्तिक महिनाको पहिलो हप्तादेखि आँखा उपचार सेवा सुरु गरेको थियो । २ वटा भेन्टिलेटर सहित ५ शैयाको सघन उपचार कक्ष (आइसीयु) स्थापना भएपनि चिकित्सक लगायतका जनशक्ति अभावमा नियमित सेवा दिन सकेको छैन् ।

Bhautik ministry notice about road

बेनी अस्पतालले गत साउनदेखि मृगौलाका बिरामीहरुको डायलाइसीस सेवा सुरु गरेको थियो । तीन वटा भेन्टिलेटर सहित पाँच शैया क्षमताको आइसीयु सेवा पनि सुरु गरेको छ । बेनी अस्पतालको जटिल प्रकृतिको शल्यक्रिया मार्फत गराइने प्रसुति सेवा लिन छिमेकी जिल्लाका गर्भवतिहरुले पनि सुबिधा पाएका छन् ।

अक्सीजन पलान्ट र शव नसड्ने गरि राख्नका लागि दुई व्यक्ति क्षमताको मर्चरी च्याम्बर स्थापना भएको छ । अस्पतालमा उत्पादन हुने मेडिकल जन्य फोहोरको ब्यवस्थापन गर्ने भवन निर्माण र उपकरणको व्यवस्था गरिएको छ ।

अस्पतालको नयाँ भवन निर्माणलाई पूर्णता दिनुका साथै सिटिस्क्यान र थाइराइड परिक्षण, इको मेसिन, एमआरआई लगायतका सुबिधा थपका लागि पहल गरिएको अध्यक्ष कटुवालले बताउनुभयो । वि.स २०७२ मा १५ बाट पचास शैया क्षमतामा स्तरोन्नति भएको अस्पतालमा नयाँ भवन निर्माण कार्यले गति लिएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...