जेसीज सप्ताह मनाउने तयारी

Gandaki Ghumau

बेनी, । म्याग्दीमा जेसीज सप्ताह २०८१ मनाइने भएको छ । म्याग्दी जेसीजको शनिवार सम्पन्न दोस्रो साधारण सभाबाट जेठ १५ गते स्थापना दिवसको अवसरमा विविध कार्यक्रम सहित जेसीज सप्ताह आयोजना गर्ने निर्णय गरिएको हो ।

Gunasthariya Shiksya

म्याग्दी जेसीजसका शाखा अध्यक्ष दिनेश बानियाँको अध्यक्षतामा सम्पन्न साधारणसभाले जेठ ९ गतेदेखि १५ गतेसम्म सप्ताहव्यापी कार्यक्रम आयोजना गरेर स्थापना दिवस मनाउने निर्णय गरेको हो । सप्ताहलाई सफल बनाउन बरिष्ठ कार्यकारिणी उपाध्यक्ष दिनेश विश्वकर्माको मुल संयोजकत्वमा तयारी समिति गठन गरिएको छ ।

जेसीज सप्ताह अन्तरगत अन्तर मा.बि. स्तरिय निवन्द लेखन प्रतियोगीता, जेसिज गाउँ पुलाचौरमा युवा क्लव लक्षित प्रभावकारि भाषणकला तालिम, पुस्तकालय स्थापना, अन्तर मा.बि. स्तरिय लोक नृत्य प्रतियोगिता, पौलस्त्य मा.बि. मा आँखा स्वास्थ्य सचेतना तथा आँखा जाँच, अन्तर जेसिज स्तरिय हाँजिरि जवाफ प्रतियोगिता सहित स्थापना दिवस तथा पुरष्कार बितरण कार्यक्रम गरि जेसीज सप्ताह बनाउने तयारी गरिएको म्याग्दी जेसीजका मेडिया म्यानेजर कपिल बानियाँले जानकारी दिनुभयो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...