मुस्ताङका च्याङग्राको पश्मिनाको गुणस्तर परिक्षण

Gandaki Kotihome

जोमसोम, ः मुस्ताङका कृषकले पालेका च्याङग्राको भुवा (पश्मिना बनाउने कच्चा पदार्थ) को गुुणस्तर परिक्षण गरिएको छ ।

अन्तराष्ट्रिय व्यापार केन्द्रले अन्तराष्ट्रिय पश्मिना विशेषज्ञ, कृषि अनुसन्धान परिषद् अन्तरगतको नेपाल पशु प्रजनन् तथा आनुवांशिक अनुसन्धान केन्द्र, नेपाल पश्मिना संघ र च्याङग्रा पश्मिना किसान संघको समन्वयमा नेपालमै पहिलो पटक भुवाको परीक्षण गरेको हो ।
१ वर्षअघि मुस्ताङमा संकलन गरेर मंगोलीयामा रहेको अन्तराष्ट्रिय प्रयोगशालामा लगिएको भुवाको नमुुनाको गुणस्तर परिक्षण सम्बन्धी प्रतिवेदन केही दिनअघि प्राप्त भएको नेपाल पश्मिना उद्योग संघका अध्यक्ष धनप्रसाद लामिछानेले जानकारी दिनुभयो ।

“विज्ञहरुको टोली मुस्ताङमा आएर भुवाको नमुना संकलन गरि परिक्षणका लागि प्रयोगशालामा लैजानु भएको थियो,” उहाँले भन्नुभयो “मुस्ताङी च्याङग्राको भुवाको गुणस्तर पश्मिनाको कच्चा पदार्थको रुपमा प्रयोग गर्न उपयुक्त रहेको प्रतिवेदन प्राप्त भएको छ ।”

Shreekrishna hardwear in news

परिक्षणपछि नेपालमा पश्मिनाको कच्चा पदार्थको भूवाको स्रोत रहेको अन्तराष्ट्रिय स्तरमा सन्देश प्रवाह भएको, च्याङग्रापालन विस्तार र पश्मिना उद्योगको सम्भावना बढेको लामीछानेले बताउनुभयो ।

लोमान्थाङ, लोघेकर दामोदरकुण्ड, वारागुङ मुक्तिक्षेत्र र घरपझोङ गाउँपालिकाबाट च्याङग्रा भुवाको ८०० वटा नमूना संकलन गरेर परिक्षण गर्न लगिएको थियो । चार वटै पालिकाका १६० किसानहरुले पालेका ५÷५ वटा फरक–फरक, भूगोल, तौल, रङ र उमेर समूहका च्याङग्राको शरिरबाट नमुना भूवा निकालेर लगिएको थियो ।

संकलित नमूनालाई पश्मिनाको मोटाई र लम्बाई मापन गर्ने अन्तराष्ट्रिय मान्यता प्राप्त प्रयोगशाला तथा नेपाल गुणस्तर तथा नाप तौल विभागमा व्यवसायिक गुणस्तर परिक्षणका लागि पठाइएको अन्तराष्ट्रिय ब्यापार केन्द्रका परामर्शदाता सिचन श्रेष्ठले बताउनुभयो ।

Annapurna aarohan ko notice

प्रतिवेदनले च्याङग्राको नश्ल सुधार, गोठको संरचनालाई व्यवस्थित र आधुनिक बनाउन तथा भुवा निकाल्न आधुुनिक काईयोको प्रयोग गर्न कृषकहरुलाई सुझाव दिएको छ । प्रतिवेदनको सुुझाव कार्यान्वयनका लागि कार्ययोजना बनाउन कृषक र स्थानीय तहका जनप्रतिनिधिहरुसँग गरिने भएको छ । यही मे महिनाको २२ देखि जुन महिनाको २ तारिकका दिन सम्म कृषक र जनप्रतिनिधिसँग अन्र्तक्रिया गर्ने कार्यक्रम तय भएको छ ।

लो–घेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष राजु विष्टले च्याङ्गा पालनबाट कृषकहरुलाई मासुमा बिक्री र पश्मिनाका लागि भुवा उत्पादन गरेर दोहोरो लाभ लिने सम्भावना रहेको बताउनुभयो । च्याङग्रापालनलाई थप ब्यवसायिक, आधुनिकीकरण र संख्या बृद्धि गर्न पहल गरेको अध्यक्ष बिष्टले बताउनुभयो । लो–घेकर दामोदरकुण्डका अध्यक्ष बिष्ट र लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसी नर्बु गुरुङसँग छलफल गरेर छलफलको समय तालिका बनाएको पश्मिना उद्योग संघले जनाएको छ ।

प्राकृतिक रुपमा विरलै उत्पादन हुने च्याङग्राको भुवाबाट मात्रै प्रत्येक वर्ष सानो परिमाणमा उत्पादन गरिने पश्मिनाको व्यावसायिक माग बढ्दो छ । राम्रो गुणस्तरको च्याङ्ग्रा पश्मिनाका लागि आकर्षक मुल्य तिर्न नेपाली खरीदकर्ता तयार भएकाले च्याङ्ग्रापालक कृषकहरुले राम्रो आम्दानी गर्न सक्ने सम्भावना छ ।

नेपालबाट बिदेश निर्यात हुने प्रमुख बस्तु पस्मिना बनाउन च्याङग्राको भुवा प्रशोधन गराएर बनाएको धागो कच्चा पदार्थको रुपमा प्रयोग हुन्छ । नेपाल पश्मिना उद्योग संघका अनुसार नेपालबाट वार्षिक रु. ३ अर्बको पस्मिना निर्यात हुन्छ भने वार्षिक १९५ टन पस्मिना बनाउन आवश्यक पर्ने भुवाको धागो आयात हुन्छ ।

बिदेशबाट कच्चा पदार्थ आयात घटाउन मुस्ताङ, मनाङ, डोल्पा, मुगु, हुम्ला लगायत जिल्लाका कृषकहरुबाट पछिल्लो दुई वर्षयता च्याङ्ग्राको भुवा खरिद गर्न थालिएको पश्मिना उद्योगी भिम शेरचनले बताउनुभयो ।

बजारको सुनिश्चितता नभएकाले मुस्ताङका कृषकले यसअघि ऊन निकाल्ने गरेका थिएनन् । शरिरबाटै झरेर खेर जाने गरेको थियो । तीस प्रतिशतको हाराहारीमा ऊन निकालेपनि बजार नपाउने समस्या थियो । नेपाल फाइवर प्रोसेसिङ उद्योगले लोमान्थाङमा भूवा संकलन र काठमाडौमा प्रशोधन केन्द्र स्थापना गरेको छ ।

बैशाख–जेठ महिना च्याङग्राको शरिरबाट भुवा निकाल्ने याम हो । भुवा निकाल्ने सिप र नयाँ प्रबिधि हस्तान्तरणका साथै तालिम प्रदान गरिएको छ । च्याङग्राको भूवा पस्मिनाका लागि (क) श्रेणीको कच्चा पदार्थ हो । भेडा र चौरीको तुलनामा च्याङग्राको भुवालाई गुणस्तरीय मानिएको छ ।

मुस्ताङको मुक्तिनाथ, कागबेनी, छुसाङ, जोमसोम, चैले, घमी, चराङ, लोमान्थाङ लगायतका ठाउँका कृषकहरुले व्यवसायिक च्याङग्रा पालन गरेका छन् । भेटेरीनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र मुस्ताङका अनुसार ५२ हजार च्याङग्रा पालिएको छ ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...